• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

म्यादी प्रहरीलाई अवसर, निःशुल्क तालिम र रोजगारीको व्यवस्था


शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए ।

Advertisement

उनले भने, ‘सीपमूलक तालिम र रोजगारी, स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड्ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।’ उनका अनुसार शुक्रबार सीटीईभीटी गण्डकी प्रदेश कार्यालय पोखराले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा तत्काल बजारको मागअनुसार विभिन्न किसिमका छोटो अवधिको तालिमको सुरुआत गरेको हो ।

म्यादी प्रहरीको लागि सञ्चालन गरिएको तालिममा हाललाई जुनियर विल्डिङ इलेक्ट्रीसियन, प्लम्बर र किचन सहयोगी (कुक) तालिम सञ्चालन गरिएको छ । बाँकी तालिम आगामी दिनमा क्रमशः सञ्चालन गरिँदै जाने आचार्यले बताए । तालिम आवश्यकताका आधारमा १४० घण्टा (२७ कार्य दिन)को पाठ्यक्रम तयार गरी सञ्चालन गरिने छ ।

कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयबाट स्थानीय तहको चुनाव सम्पन्नपश्चात् कास्की जिल्लाबाट बिदाइ भई जान लागेका एक हजार ४०० म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था मिलाइएको थियो । करिब ८७५ ले प्रश्नावली भरी सीटीईभीटी, गण्डकी प्रदेश कार्यालयमा पठाइएको प्रश्नावलीबाट प्राप्त तथ्यांकका आधारमा आवश्यकता पहिचान गरी सीपमूलक तालिम सञ्चालन गरिएको निर्देशक आचार्यले बताए ।

म्यादी प्रहरीलाई सीपमूलक तालिममार्फÞत उत्पादनशील क्षेत्रमा जोड्नका लागि नेपाल सरकारको आगामी आव २०७९–८० को बजेट वक्तव्यमा सम्बोधन भएकोमा आचार्यले सरकारप्रति आभारसमेत व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले म्यादी प्रहरी बनेर राष्ट्र सेवामा संलग्न युवालाई लक्षित गरी उद्यमशीलता र स्वरोजगार केन्द्रित कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख भएको छ । उनीहरूको रुचिका विषयमा तालिम प्रदान गरी कृषि, वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइने तथा सञ्चित सुरक्षा बलको रूपमा उपयोग गर्न आवश्यक व्यवस्था मिलाइने नीति राज्यले लिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले दक्ष जनशक्ति उत्पादन गर्न सीपमूलक तालिमको आवश्यकता भएको बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष बलराम आचार्यलगायतले बजारको मागअनुरूपको दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा सीटीईभीटीले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

प्राविधिक शिक्षालय पोखराका प्रमुख हर्कलाल श्रेष्ठले बेरोजगार युवालाई आवश्यक सीप दिएर उत्पादनमूलक रोजगारी सिर्जना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्न प्राविधिक शिक्षालय लागि परेको बताए । आर्थिक वर्ष २०७९–८० को बजेटमा योग्य जनशक्तिलाई रोजगारीका क्षेत्रमा आफ्नो सम्भावनाको उच्चतम प्रयोग गर्नसक्ने बनाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सीपमूलक व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

सबै बेरोजगार जनशक्तिको योग्यता, क्षमता र सीपसमेत उल्लेख हुने गरी तथ्यांक अद्यावधिक गरिने, कृषि तथा वन, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जनाको स्तम्भको रूपमा विकास गरिने योजना बजेटमा ल्याइएको छ ।

  • रोजगारी
शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

भर्खरै

  • १.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ३.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ४.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ६.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

  • ७.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

  • ८.
    फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.