युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत भूभाग कब्जामा लिएको बताएका छन् ।
युक्रेनमा रुसले आक्रमण गरेको सय दिन पूरा हुन लाग्दैछ । उनले लक्जेम्बर्गका सांसदहरुलाई भिडियो लिङ्कमार्फत सम्बोधन गर्दै दुवै देशकाबीच एक हजार किलोमिटरसम्म फ्रन्टलाइनर फैलिएको जनाएका छन् ।
रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क शहरमा आक्रमणलाई तिब्रता दिइरहेको छ । बेलायतीका रक्षा अधिकारीहरूले रुसले युक्रेनको अधिकांश भाग कब्जा गरेको बताएका छन्।
सेभेरोडोनेत्स्क युक्रेनी नियन्त्रणमा रहेको सबैभन्दा पूर्वी शहर हो र यसका गभर्नर सेर्ही हाइडाइले भने, ‘रुसले शहरको सुरक्षालाई चारैतिरबाट तोड्न खोजिरहेको छ।’ यद्यपि उनले युक्रेनी सैनिकहरूले जवाफी कारबाही गरिरहेको र शत्रुलाई पनि पछाडि धकेलिरहेको जनाएका छन् ।
सेभेरोडोनेत्स्क शहरमा लगभग १५ हजार नागरिकहरू फसेका छन् । जसमध्ये धेरैले ठूलो मात्रामा एन्जोट रासायनिक संयन्त्रमा शरण लिएका छन्।