इन्डोनेसियाको सुलावेसी द्विपनजिक एक डुंगा समुद्रमा डुब्दा २६ यात्री बेपत्ता भएका छन्।
Advertisement
डुंगामा ४३ यात्री सवार थिए। तीमध्ये १७ जनालाई सकुशल उद्धार गरिएको छ। बाँकी २६ जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्।
उक्त डुंगा मकस्सर नामक टापुबाट यात्री लिएर हिँडेको थियो। तर, गन्तव्य पुग्न नपाई समुद्रमा डुबेको हो। खराब मौसमबीच बीचमै डुंगाको इन्धन सकिएको हुन सक्ने अधिकारीहरूको आशंका छ।
अधिकारीहरूका अनुसार १७ जना यात्रीलाई भने टग बोट्समार्फत उद्धार गरिएको छ। इन्डोनेसियामा रहेका हजारौँ टापुबीच आवतजावतका लागि डुंगा अनिवार्य साधन हो। तर, सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा समुद्रमा डुंगा डुब्ने घटना भइरहन्छन्।