• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भौतिकवाद भर्सेस मौलिकता !

विश्‍व घटना : बर्लिनको पर्खाल ढलेको दिन

राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

स्याफ्रुबेँसीमा आवतजावत सहज

सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

लागुऔषधसहित नौ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • २. राशिफल : कर्कट- आतिथ्य सत्कार, मीन- प्रतिस्पर्धामा विजय

  • ३. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ४. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ५. झटारो : शहंशाहको घाँटीमा घण्टी कसले बाँध्‍ने ?

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- फल प्राप्ति

  • ७. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ८. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • ९. ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

  • १०. उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

विश्‍व घटना : भेटियो ३७ सय २१ वर्षअघिको वाक्य !


    Avatar photo
सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित

काठमाडौं- आज ९ नोभेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९६७- रोलिङ स्टोनको शुरुवात

अमेरिकामा द्विसाप्ताहिक लोकप्रिय संस्कृति पत्रिका आजकै दिन प्रकाशन शुरु भएको थियो। यसको स्थापना सानफ्रान्सिस्कोमा जेन साइमनले गरेका हुन्। यही पत्रिकाले धेरै प्रसिद्ध लेखकहरूको करिअरको शुरुवात गराइदिएको थियो।

– सन् १९८५- विश्‍व चेस च्याम्पियन बने सबैभन्दा कम उमेरका व्यक्ति

२२ वर्षको उमेरमा रुसका गेरी कास्पारोभ चेसको विश्‍व च्याम्पियन बनेका थिए। उनले १३औं विश्‍व चेप च्याम्पियनसिप जितेका थिए। प्रतियोगितामा उनले एनातोली कार्पोभलाई पराजित गरेका थिए।

– सन् १९८९- बर्लिनको पर्खाल खुला

लामो समय शीतयुद्धको प्रतीक मानिएको बर्लिनको पर्खाल सन् १९८९ मा आजकै दिन खुला गरिएको थियो। ४५ किलोमिटर लामो यो पर्खालले सन् १९६१ देखि पूर्वी र पश्‍चिम बर्लिनलाई विभाजित गरेको थियो। र, तत्कालीन सोभियत संघको भरथेगमा पूर्वी जर्मनीमा कम्युनिस्ट शासन चलेको थियो। बर्लिनको पर्खाल ढलेसँगै दुई जर्मनीबीच एकीकरण भएको थियो।

– सन् १९९४- डार्मस्टेडियम पहिलोपटक सिर्जित

११० को परमाणु संख्या र प्रतीक डीएसका साथ भारी रेडियोधर्मी तत्त्व जर्मनीको डार्मस्टेडमा गेसेलसाफ्ट फर स्वेरियनेनफोर्सचुङ (भारी आयन अनुसन्धान संस्थान)मा सिर्जना गरिएको थियो। डार्मस्टेड शहरको नामलाई यस तत्त्वको नाम दिइएको थियो।

– सन् २०१९- अस्ट्रेलियाको त्यो डढेलो

सन् २०१९ मा आजकै दिन अस्ट्रेलियामा डढेलोले जनधनको ठूलो क्षति गराएको थियो। न्यु साउथ वेल्स क्षेत्रको जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा १०० घर ध्वस्त भएका थिए। घटनामा ३ जनाको मृत्यु र ७ जना बेपत्ता भएका थिए। एकसाथ ७० वटा ठाउँमा डढेलो देखिएको थियो।

– सन् २०२२- ३७२१ वर्षअघिको वाक्य प्राप्त

पुरातत्वविदहरूले आजकै दिन ३ हजार ७२१ वर्षअघिको वाक्य प्राप्त भएको घोषणा गरेका थिए। इजरायलको लाकिसमा हात्तीको दाँतबाट बनाइएको काँगियोमा कोरिएको पढ्न सकिने सबैभन्दा पुरानो वाक्य प्राप्त भएको थियो। १७०० ईसा पूर्वको कनानी लिपीमा लेखिएको छ, ‘यो दाँतले कपाल र दाह्रीका जुम्रा उखेल्न सकोस्।’

– सन् २०२४- बियोन्से बनिन् सर्वाधिक नोमिनेसन पाउने कलाकार

सन् २०२४ मा अमेरिकी गायिका बियोन्से ग्रामी इतिहासमै सर्वाधिक नोमिनेसन प्राप्त गर्ने कलाकार बनेकी थिइन्। कुल ९९ मध्ये ११ वटा नोमिनेसन उनी एक्लैले प्राप्त गरेकी थिइन्। त्यसमा रेकर्ड, गीत र ‘कन्ट्री सङ अफ दी इयर’ विधा सामेल थिए।

सोमबार, कार्तिक २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भौतिकवाद भर्सेस मौलिकता !
विश्‍व घटना : बर्लिनको पर्खाल ढलेको दिन
राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ
दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु
स्याफ्रुबेँसीमा आवतजावत सहज
सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

भर्खरै

  • १.
    भौतिकवाद भर्सेस मौलिकता !

  • २.
    विश्‍व घटना : बर्लिनको पर्खाल ढलेको दिन

  • ३.
    राशिफल : वृश्‍चिक- विजय, मकर- आकस्मिक धनलाभ

  • ४.
    दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

  • ५.
    स्याफ्रुबेँसीमा आवतजावत सहज

  • ६.
    सुख्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

  • ७.
    लागुऔषधसहित नौ जना पक्राउ

  • ८.
    जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.