• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम

बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य , तत्काल एक लाख नगद प्रदान गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • २. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ३. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ४. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ५. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ६. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • ७. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ८. सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

  • ९. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • १०. उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

    Avatar photo
बुधबार, असोज २८, २०८३ मा प्रकाशित

रसुवा- रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै पर्यटन क्षेत्रमा उत्साह पलाएको हो ।

गत भदौ १० गतेको प्रलयकारी बाढीले फलाखु खोलाको पुल बगाएपछि झन्डै डेढ महिनादेखि सो क्षेत्र सुनसान बन्न गएको थियो । नेपाली सेनाको प्रयासमा ४७ दिनपछि अन्ततः बेलीब्रिज सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक नाका र पर्यटकीय जिल्ला रसुवा लयमा फर्किँदै छ ।

करिब ७४ मिटर लामो बेलीब्रिज निर्माण गरेर सेनाले असम्भवलाई सम्भव तुल्याएपछि सवारीसाधनको हर्न गुञ्जिन थालेका छन् । पुल बनेसँगै विश्वकै प्रसिद्ध पर्यटकीय गन्तव्य लाङटाङ र पवित्र तीर्थस्थल गोसाइँकुण्डको फेदीमा पर्यटकहरूको लर्को लाग्न थालेको छ ।

पर्यटकीय याममा यातायात सञ्चालन हुँदा लामो समयदेखि थला परेको पर्यटन व्यवसायमा एकाएक परिवर्तन छाएको छ । आज (बुधबार) बिहानमात्रै विदेशी पर्यटक बोकेका गाडीहरूको ताँती सदरमुकाम धुन्चे हुँदै लाङटाङको प्रवेशद्वारतर्फ हुइँकिएका छन् । यातायात सेवा सञ्चालनमा आएसँगै स्थानीयमा खुसी छाएको छ ।

चारैतिर हिमालले घेरिएको रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद हुँदा यहाँको जनजीवन कष्टकर बनेको थियो । अर्बौँको लगानी रहेको पर्यटन उद्योग नै धरासायी हुने जोखिम बढेको थियो । पुल खुलेपछि अहिले रसुवा भित्रिने पर्यटक र स्थानीय व्यवसायीमा नयाँ ऊर्जा थपिएको छ ।

धुन्चेका स्थानीय होटल व्यवसायी निशान गजुरेल उमङ्गित हुँदै भन्नुहुन्छ, “बाढीले पुल बगाएपछि हाम्रा होटलहरू रित्तिएका थिए, बुकिङहरू धमाधम रद्ध हुँदा यो सिजन नै बर्बाद हुने हो कि भन्ने ठूलो चिन्ता थियो । बेलीब्रिज बनेपछि आजैबाट पर्यटकको चहलपहल सुरु भयो । यो हाम्रा लागि दसैँँ–तिहारभन्दा ठूलो खुसीको कुरा हो, अब रसुवाको पर्यटन जुर्मुराएको छ ।”

बेलीब्रिजमार्फत आवागमन सहज भएसँगै चाडपर्वको समयमा घर फर्किने सर्वसाधारण, आन्तरिक पदयात्री र बाह्य पर्यटकका लागि हिमाली यात्रा निकै सुरक्षित र सुलभ बनेको छ । लामो समयको सन्नाटालाई चिर्दै रसुवाका होटल, रिसोर्ट र पदमार्गहरू फेरि विदेशी र स्वदेशी पाहुनाले भरिभराउ हुन थालेका छन् ।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता
जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता
पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम
बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

भर्खरै

  • १.
    परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

  • २.
    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ

  • ३.
    परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

  • ४.
    पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

  • ५.
    विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम

  • ६.
    बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

  • ७.
    नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

  • ८.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.