• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ

परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम

बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भोटेकोशी बाढी प्रतिकार्य : विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य , तत्काल एक लाख नगद प्रदान गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • २. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ३. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ४. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ५. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ६. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • ७. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ८. सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

  • ९. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • १०. उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि


    Avatar photo
बिहिबार, असोज २९, २०८३ मा प्रकाशित

चितवन- नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि  गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो ।

नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो । भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो । रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जन, विभागका  इन्जिनियर लक्ष्मीशोभा महर्जन, इन्जिनियर अप्सना श्रेष्ठ र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर सिजन श्रेष्ठ रहनुभएको छ ।

प्रधानका अनुसार मन्त्रालयले नारायणगढ बजारस्थित नारायणी नदीको तटीय क्षेत्रलाई सौन्दर्यकरण तथा ‘रिक्रियसन’ स्थलका रुपमा विकास गर्न गुरुयोजना तर्जुमाका लागि कार्यदल वनाएको हो । कार्यदलले पहिलो चरणमा सरोकारवालासँग भरतपुरमा छलफल गरिसकेको छ ।

भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुखलगायतसँग स्थलगत र महानगरमा बसेर छलफल गरिएको छ ।

कार्यदलका संयोजक श्रेष्ठले स्थलगत अध्ययन गर्दा पहिलो चरणमा तटबन्धनबाट नदी किनारलाई सुरक्षित गर्नुपर्ने देखिएको बताउनुभयो । त्यसका लागि तटबन्धनको काम गर्ने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनासँग छलफल गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ ।” कार्यदलले कामलाई तीव्र रुपमा अघि बढाउने उहाँले बताउनुभयो ।

नारायणी नदीको चितवन र नवलपरासीतर्फको दुवैतर्फ तटबन्धन गर्न बाँकी रहेका क्षेत्रमा सँगै तटबन्धन गरी नदी किनारलाई सौन्दर्यकरण गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् । अध्ययनको काम तत्काल सम्पन्न गरी काम अघि बढाउने योजनामा विभाग रहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयसमेत रहनुभएका प्रधानले दुबै मन्त्रालय संग समन्वय गरी काम अघि वढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “नारायणी नदीका कारण हुने कटान रोक्नका लागि आवश्यक काम तत्काल गर्न सभापतिको निर्देशन भएकाले सोहीअनुसार काम अघि बढ्नेछ ।”

नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि रु २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो । समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार रु २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब रु  छ अर्ब आवश्यक रहेको कार्यालय प्रमुख डा नारायणप्रसाद सुवेदीले बताउनुभयो ।

नदी तटीय क्षेत्रमा सौन्दर्यकरण गर्नु अघि तटबन्धन गर्नुपर्ने देखिएका आवश्यक अध्ययन र काम अघि बढाउने विषयमा छलफल थालिएको बताउनुभयो । बजार क्षेत्रसँगै दुवै जिल्लामा तटबन्धन नगरिएका ठाउँमा तटबन्धन आवश्यक देखिएको उहाँले बताउनुभयो ।

 

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता
जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ
परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता
पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम
बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

भर्खरै

  • १.
    परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता

  • २.
    जर्मनीमा आगलागीबाट तीन भारतीय विद्यार्थीको मृत्यु, एक पक्राउ

  • ३.
    परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाका गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता

  • ४.
    पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

  • ५.
    विद्युतीय तारः वन्यजन्तुका लागि जोखिम

  • ६.
    बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

  • ७.
    नारायणी किनार : तटबन्ध सहित सौन्दर्यअभिवृद्धि

  • ८.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.