मेष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। नयाँ कामको थालनी आज नगर्नु होला। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। खानामा सचेत रहनुपर्ने दिन छ।
वृष- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। अन्न र धन लाभ हुन सक्छन्। प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। काममा अरूको समर्थन पाइने छ।
मिथुन- आर्थिक क्षेत्रमा उन्नति हुनेछ। यात्राको योग छ। परिवारमा पनि खुशीको माहोल छाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ। आर्थिक आर्जन हुने योग परेको छ।
कर्कट- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। नसोचेको स्थानबाट धन आर्जन हुनेछ।
सिंह- सोचेअनुसार काम बन्न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। केही आर्थिक हानी पनि होला। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। खानपिनमा सजग रहनु होला।
कन्या- अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। नोकरीमा वर्चस्व बढाउन सकिनेछ। दिन सामान्य नै छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ।
तुला- व्यापार र उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। नसोचेको ठाउँबाट केही लाभ होला। भाग्योदयको समय रहेको छ। अरूले गरेको कमको मूल्यांकन गर्नुपर्नेछ। आय सन्तोषजनक रहनेछ।
वृश्चिक- पशुधन र जमिनबाट सामान्य लाभ होला। व्यापार भने ठीकै मात्र रहने छ। कतैबाट आर्थिक लाभ हुने समय छ। कामहरू सजिलै बन्ने छन्।
धनु– खर्च गर्दा होश पुर्याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला। हातहतियारबाट जोगिनुपर्ने दिन छ।
मकर- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। जागिरमा पनि समस्या देखापर्ने देखिन्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। अरूबाट मानसम्मान मिले पनि मनमा डर रहने छ।
कुम्भ- दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ।
मीन- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहने छन्। अरूले तपाईंको तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामको लागि नयाँ अवसर आउनेछ।