• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

विश्‍व घटना : सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए

राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

कोरलानाकाबाट ५४३ टन फलफूल आयात

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ६. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ७. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ८. विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी

  • ९. गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

  • १०. बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

विश्‍व घटना : सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए


    Avatar photo
शनिबार, असोज २४, २०८३ मा प्रकाशित

काठमाडौं- आज १० अक्टोबर। विश्‍व इतिहासका विविध घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १९३३- बोइङ-२४७ मा रहस्यमय विष्‍फोट

यो विश्‍व उड्डयन इतिहासमा सबैभन्दा पुरानो नसुल्झेको रहस्य हो। युनाइटेड एयरलाइन्सको बोइङ २४७ न्युजर्सीको नेवार्कबाट क्यालिफोर्नियाको अकल्यान्ड जाँदै थियो। इन्डियानाको चेस्टर्टनको आकाशमा पुगेपछि अचानक विष्‍फोट भएको थियो। जहाजमा सवार चालक दलका सदस्य र यात्री गरी सबै ७ जनाको मृत्यु भएको थियो। के कारणले विमान विष्‍फोट भयो भन्‍ने हालसम्म पत्ता लाग्‍न सकेको छैन।

– सन् १९६४- एसियामा पहिलो ओलम्पिक

टोकियो समर ओलम्पिक नाम दिइएको यो प्रतियोगिता पहिलोपटक एसियामा आयोजना भएको थियो। जापानको राजधानी टोकियोमा आयोजित ओलम्पिकमा ९३ मुलुकका खेलाडी सहभागी थिए। यसलाई दोस्रो विश्‍वयुद्धको विभिषिकाको स्मरणस्वरूप जापानमा आयोजना गरिएको थियो। ६ अगस्ट १९४५ मा हिरोसिमामा खसालिएको परमाणु बमबाट घाइते भएका योसिनरी सकाईले मशालवाहकका रूपमा सहभागी भई प्रतियोगिताको उद्घाटन गरेका थिए। यही पहिलो खेल पनि थियो, जसको प्रत्यक्ष प्रसारणका लागि मानव निर्मित भूउपग्रहको प्रयोग गरिएको थियो। केही खेलहरू पहिलोपटक रंगिन प्रसारण गरिएको थियो।

– सन् १९६७- आउटर स्पेस सन्धि कार्यान्वयनमा

चन्द्रमा र अन्य खगोलीय पिण्डसहित बाह्य अन्तरिक्षको खोजी तथा उपयोगमा विभिन्‍न मुलुकका गतिविधि नियमन गर्ने सिद्धान्तअनुरूप उक्त सन्धि भएको थियो। यसले बाह्य अन्तरिक्षमा खोजी र उपयोगसम्बन्धी गतिविधि नियमन गर्छ। सोही सन्धिमार्फत अन्तर्राष्‍ट्रीय अन्तरिक्ष कानूनको क्षेत्र बनाइएको छ। बाह्य अन्तरिक्ष र खगोलीय पिण्डहरू मानव जातिको साझा विरासत रहेको उक्त सन्धिले बताएको छ। र, कुनै एक राष्‍ट्रले तिनीहरूमाथि दाबी गर्न नसक्ने स्पष्‍ट गरेको छ।

– सन् १९७०- फिजीलाई स्वतन्त्रता

दक्षिण प्रशान्त महासागरको टापु मुलुक फिजी आजकै दिन स्वतन्त्र भएको थियो। उक्त मुलुक सन् १८७४ देखि ब्रिटेनको पञ्‍जामा थियो। स्वतन्त्रतापछि राटु सर कमिसेसे मारा फिजीको पहिलो प्रधानमन्त्री बनेका थिए।

– सन् २०१०- नेदरल्यान्ड्स एन्टिल्स देश विघटन

‘द क्यारिबियन डच डिपेन्डेन्सी’ अर्थात् नेदरल्यान्ड्स एन्टिल्सको नाममा चिनिने मुलुक आजकै दिन विघटन भएको थियो। सन् १९५४ मा यसको स्थापना भएको थियो। उक्त विघटनपछि नेदरल्यान्ड्स एन्टिल्स नेदरल्यान्ड्सको एक राज्य बनेको थियो। कुराकाओ, सेन्ट मार्टिन, बोनेयर र सबा द्विपहरूमा जनमत संग्रहपछि उक्त मुलुक नेदरल्यान्ड्समा गाभिएको थियो।

– सन् २०१४- मलाला र सत्यार्थीलाई नोबेल पुरस्कार

सन् २०१४ मा आजकै दिन पाकिस्तानकी बालिका शिक्षा अभियन्ता मलाला युसुफजाई र भारतका बालश्रम विरोधी अभियन्ता कैलाश सत्यार्थीलाई संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। बालिका शिक्षा अभियन्ता मलालालाई पाकिस्तानी उग्रवादी समूहले प्राण घातक आक्रमण गरेको थियो। तर, उपचारपछि उनी बाँच्‍न सफल भएकी थिइन्। भारतका सत्यार्थी शिक्षाको विश्‍वव्यापी अधिकारका लागि संघर्षरत व्यक्तित्व हुन्।

– सन् २०१५- टर्कीको शान्ति र्‍यालीमा बम्बिङ, ९५ मारिए

सन् २०१५ मा आजकै दिन टर्कीमा आयोजित एक शान्ति र्‍यालीमा बम प्रहार गरिएको थियो। त्यसमा परी ९५ जनाको ज्यान गएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए।

– सन् २०२४- हाइटी नरसंहारमा गयो १२० को ज्यान

सन् २०२४ मा क्यारिबियन मुलुक हाइटीमा भएको नरसंहारमा १२० जनाको ज्यान गएको थियो। सशस्त्र ग्याङहरूबीचको भिडन्तमा पोन्ट-सोन्डे नामक शहरमा ठूलो जनधनको क्षति भएको थियो।

– सन् २०२५- पेरूकी राष्‍ट्रपतिलाई महाभियोग

सन् २०२५ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक पेरूकी राष्‍ट्रपति दिना बोलुआर्टेविरुद्ध त्यहाँको संसदले महाभियोग प्रस्ताव पारित गरेको थियो। १२२ विरुद्ध शून्य मतका साथ महाभियोग पारित भएपछि उनी पदमुक्त भएकी थिइन्। ठूलो मात्रामा भइरहेको अपराध रोक्न असमर्थ भएको दाबीसहित उनीविरुद्ध प्रस्ताव दर्ता भएको थियो। मार्क्सवादी नेतृ उनी सन् २०२२ देखि पदमा थिइन्। उनको ठाउँमा जोस जेरीलाई राष्‍ट्रपति नियुक्त गरिएको थियो।

– सन् २०२५- सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए

सन् २०२५ मा आजकै दिन अमेरिकाको टेनेसीस्थित सैनिक हतियार कारखानामा भएको विष्फोटमा परी १८ मजदुरको ज्यान गएको थियो। एक्युरेट एनर्जेटिक सिस्टम्स नामक कारखानामा भएको विष्फोटमा परी त्यसमा त्यतिबेला काम गरिरहेका सबै मजदुर मारिएका थिए।

 

शनिबार, असोज २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !
राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान
बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो
दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय
इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ३.
    विश्‍व घटना : सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए

  • ४.
    राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ५.
    बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

  • ६.
    दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

  • ७.
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

  • ८.
    रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.