• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कालो चश्माको कमाल

विश्‍व घटना : अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ

राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

हात्ती मारेको अभियोगमा पक्राउ

लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

लोकप्रिय समाचार

  • १. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • २. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • ३. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ५. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ६. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ७. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ८. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • ९. विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

  • १०. यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु


    Avatar photo
बुधबार, असोज २८, २०८३ मा प्रकाशित

बिहार-  भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन् ।

मङ्गलबार साँझ करिब ८ः३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै गरेका करिब १५ देखि २० जना बालबालिका सवार डुङ्गा पल्टिएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

पत्रकारहरूसँग कुरा गर्दै जिल्ला मजिस्ट्रेट सिंहले घटनालाई अत्यन्त दुःखद् बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको छ ।

उहाँले घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको तथा स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य भइरहेको जानकारी दिनुभयो । दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको पुष्टि गर्दै उहाँले मृतक सबै १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको बताउनुभयो ।

दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी गर्न उद्धार टोली परिचालन गरिएको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रभावितलाई स्थानीय प्रशासनले सहयोग गरिरहेको पनि उल्लेख गर्नुभएको छ ।

यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कालो चश्माको कमाल
विश्‍व घटना : अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ
राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि
पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु
हात्ती मारेको अभियोगमा पक्राउ
लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

भर्खरै

  • १.
    झटारो : कालो चश्माको कमाल

  • २.
    विश्‍व घटना : अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ

  • ३.
    राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ४.
    पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

  • ५.
    हात्ती मारेको अभियोगमा पक्राउ

  • ६.
    लाइक, सेयर र असहिष्‍णुताको लोकतन्त्र

  • ७.
    बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

  • ८.
    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.