• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, असोज २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ४. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ५. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ६. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ७. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ८. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • ९. विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

  • १०. विश्‍व घटना : अमेरिकामा २३ हजार वर्ष पुरानो मानव पाइला

विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति


    Avatar photo
सोमबार, असोज २६, २०८३ मा प्रकाशित

काठमाडौं- आज १२ अक्टोबर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

– सन् १४९२- क्रिस्टोफर कोलम्बसको बहामास यात्रा

तीन पानीजहाजहरू सान्ता मारिया, पिन्टा र सान्ता क्लारामार्फत चालक दलका सदस्यहरू सहित क्रिस्टोफर कोलम्बसले स्पेनबाट यात्रा थालेको दुई महिनापछि यस्तो भूमि देखे, जसलाई उनले जापान हो कि भन्‍ने ठानेका थिए। तथापि, उनले पहिलो कदम राखेको भूमि बहामास थियो। र, उक्त भूमिमाथि स्पेनी साम्राज्यको आधिपत्य घोषणा गरिएको थियो।

– सन् १९६०- निकिता ख्रुस्चेभको जुत्ता प्रहारको लोकप्रिय घटना

न्युयोर्कमा संयुक्त राष्‍ट्र संघको महासभामा आजकै दिन सोभियत कम्युनिस्ट पार्टीका पहिलो सचिव निकिता ख्रुस्चेभले जुत्ता प्रहार गरेका थिए। उनले आफ्नो जुत्ता फुकालेर मेचमा बजारेका थिए। उक्त घटना फिलिपिनो प्रतिनिधि लोरेन्जो सुमुलोङले पूर्वी युरोपको स्वतन्त्रताका बारेमा गरेको टिप्पणीका कारण भएको थियो।

– सन् १९६४- एकसाथ धेरै व्यक्तिको अन्तरिक्ष उडान

तत्कालीन सोभियत संघको यान भोस्खोद-१ बाट ३ जना खगोलविदलाई अन्तरिक्षमा पठाइएको थियो। एकसाथ तीनजनाले अन्तरिक्ष यात्रा गरेको यो पहिलो घटना थियो। यानमा गएका यात्रीले पहिलोपटक कुनै स्पेस सुट पहिरिएका थिएनन्।

– सन् १९६८- इक्‍वेटोरियल गिनी स्वतन्त्र

अफ्रिकी मुलुक इक्‍वेटोरियल गिनी आजकै दिन स्वतन्त्र भएको थियो। सन् १७०० को अन्त्यतिर यो मुलुक स्पेनी साम्राज्यको अधीनमा परेको थियो। र, त्यसलाई स्पेनिस गिनी नाम दिइएको थियो। स्वतन्त्रतालगत्तै यसको नाम इक्‍वेटोरियल गिनी राखिएको थियो। राष्‍ट्रपति फ्रान्सिस्को मासियास गुमाले सन् १९७२ मा आफूलाई आजीवन राष्‍ट्रपति घोषित गरेका थिए।

– सन् १९९२- कायरो भूकम्पमा मारिए ५१०

सन् १९९२ मा आजकै दिन इजिप्‍टको राजधानी कायरोमा गएको शक्तिशाली भूकम्पमा ५१० जनाको ज्यान गएको थियो। ५.८ रेक्टरस्केलको उक्त भूकम्पबाट कायरोको शहरी इलाका तहसनहस भएको थियो।

– सन् १९९९- परवेज मुसर्रफले हत्याए पाकिस्तानको सत्ता

सन् १९९९ मा आजकै दिन सेना प्रमुख परवेज मुसर्रफले पाकिस्तानको सत्ता कब्जा गरेका थिए। प्रधानमन्त्री नवाज सरिफको सरकारलाई अपदस्थ गर्दै मुसर्रफले सत्ता हत्याएका थिए। त्यो रक्तपातविहीन सैन्य ‘कु’ थियो।

– सन् २००२- बालीको नाइट क्लबमा आतंकवादी आक्रमण

सन् २००२ मा आजकै दिन इन्डोनेसियाको बालीस्थित एक नाइट क्लबमा आतंकवादी आक्रमण भएको थियो। क्लबमा गराइएको विष्‍फोटमा परी २०२ को ज्यान गएको थियो। घटनामा २०९ जना घाइते भएका थिए। मारिने र घाइते अधिकांश विदेशी पर्यटक थिए।

– सन् २०२४- क्रिस्टोफर कोलम्बस थिएनन् इटालीका

सन् २०२४ मा आजकै दिन स्पेनका अध्येताहरूले अमेरिका पत्ता लगाउने क्रिस्टोफर कोलम्बस इटालीका बासिन्दा नभई स्पेनिस भएको खुलासा गरेका थिए। जेनेटिक अध्ययनपछि उक्त निष्‍कर्ष निस्किएको थियो। उनी स्पेनको भ्यालेन्सियाका बासिन्दा भएको अध्येताहरूले बताएका थिए। त्यतिन्जेल इटालीले कोलम्बस आफ्नो मुलुकका बासिन्दा भएको दाबी गर्दै आएको थियो।

– सन् २०२५- देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

सन् २०२५ मा आजकै दिन हिन्द महासागरको टापु मुलुक माडागास्करका राष्‍ट्रपति एन्ड्री रजोलिनाले ज्यान जोगाउन देश छाडेर भाग्‍नुपरेको थियो। मुलुकको सैनिक एकाइ नै जेन-जेड आन्दोलनमा सहभागी भएपछि उनले देश छाडेर भाग्‍नुपरेको थियो।

सोमबार, असोज २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

  • ३.
    राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ४.
    प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

  • ५.
    बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

  • ६.
    जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

  • ७.
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

  • ८.
    रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.