काठमाडौं- आज १७ अक्टोबर। विश्व इतिहासका परिघटनाहरूले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १८१४- लन्डनमा बियरको बाढी
मेक्स एन्ड कम्पनी ब्रुअरीको भण्डार भत्किँदा बेलायतको राजधानी लन्डनको सडकमा बियरको बाढी नै आएको थियो। ६ लाख १० हजार लिटर बियरले सडक भरिएको थियो। करिब १५ फिट अग्लो बाढीमा परी ८ जनाको ज्यान गएको थियो। मारिएका व्यक्तिहरू एक मृतकको अन्तिम संस्कारका लागि भेला भएका थिए।
– सन् १८६१- कलिन-ला-रिंगो नरसंहार
अस्ट्रेलियाका आदिवासीहरूले श्वेत आप्रवासीहरूको हत्या गरिएको थियो। यो नरसंहारमा १९ जनाको एकसाथ हत्या गरिएको थियो। होरेसियो विल्सको नेतृत्वमा रहेका आदिवासीहरूले कलिन-ला-रिंगोस्थित एक शिविरमा उक्त हत्याकाण्ड भएको थियो। कलिन-ला-रिंगो भन्ने स्थान क्विन्सल्यान्डको केन्द्रमा पर्छ।
– सन् १९५६- १३ वर्षे बबी फिसरले जिते ‘गेम अफ सेन्चुरी’
उक्त चेस खेल १३ वर्षीय बबी फिसर र डोनाल्ड बर्नबीच भएको थियो। न्युयोर्कको चेस क्लबमा उक्त प्रतिस्पर्धा भएको थियो।
– सन् १९७३- ओपेकले घोषणा गर्यो इन्धन प्रतिबन्ध
पेट्रोलियम पदार्थ निर्यातक देशहरूको संगठन ओपेकका सदस्य अरब मुलुकहरूले आजकै दिन इन्धन प्रतिबन्ध घोषणा गरेका थिए। ‘योम किम्पुर युद्ध’को दौरान इजरायललाई समर्थन गर्ने मुलुकहरूलाई इन्धन निर्यात नगर्ने घोषणा थियो त्यो। अरब मुलुकहरूको गठबन्धन र इजरायलबीच उक्त युद्ध भएको थियो। उक्त प्रतिबन्धका कारण संसारभर इन्धन अभाव भयो। र, त्यसको असर लामो समयसम्म आर्थिक संकटका रूपमा देखियो। मार्च १९७४ मा उक्त प्रतिबन्ध हटाइएको थियो।
– सन् १९८९- क्यालिफोर्निया भूकम्पमा ६० को मृत्यु
अमेरिकाको क्यालिफोर्नियामा गएको ६.९ रेक्टरस्केलको भूकम्पमा परी ६० जनाले ज्यान गुमाएका थिए। यसलाई ‘लोमा प्रिटा’ भूकम्पका नाममा पनि चिनिन्छ। खासगरी, सान्ता क्रुट काउन्टीमा भूकम्पको प्रभाव बढी देखिएको थियो। त्यति ठूलो भूकम्पमा जनको क्षति कम देखिए पनि ठूलो संख्यामा भवनहरू भत्किएका थिए। भूकम्पका कारण पहिरो पनि गएको थियो। सन् १८०६ मा गएको सान फ्रान्सिस्कोको भूकम्पपछिको ठूलो झड्का थियो यो।
– सन् २००७- दलाई लामालाई अमेरिकी सरकारको गोल्ड मेडल
सन् २००७ मा तिब्बती धर्मगुरु दलाई लामालाई अमेरिकाको कंग्रेसनल गोल्ड मेडल प्रदान गरिएको थियो।
– सन् २०१८- भारतका मन्त्री नै ‘मी टु’मा
सन् २०१८ मा भारतका केन्द्रीय जुनियर विदेश मन्त्री एमजे अकबर नै ‘मी टु’मा मुछिएका थिए। धेरै महिलाले उनीबाट यौन दुर्व्यवहार खेपेको बताउँदै उजुरी दिएपछि उनले पदबाट राजीनामा दिएका थिए।
– सन् २०२४- अमेरिकामा ह्वात्तै घट्यो टिन स्मोकिङ
सन् २०२४ मा अमेरिकामा किशोरावस्थाको स्मोकिङ ह्वात्तै घटेको पाइएको थियो। २५ वर्षयताको आँकडामा सन् २०२४ मा २० प्रतिशतले किशोर-किशोरीहरूले धुम्रपान छाडेका थिए। वर्षदिनभित्रै उक्त सुधार देखिएको थियो। २८ लाख सक्रिय स्मोकरबाट २२ लाख ५० हजारमा झरेको थियो।
– सन् २०२५- एम्मी अवार्ड जित्ने सबैभन्दा ज्येष्ठ व्यक्ति
सन् २०२५ मा आजकै दिन ९९ वर्षका डेभिड एटेनबोरोलाई एम्मी अवार्ड प्रदान गरिएको थियो। उनी हालसम्म एम्मी अवार्ड जित्ने सबैभन्दा ज्येष्ठ व्यक्ति हुन्। यसअघि त्यसको रेकर्ड ९८ वर्षका डिक भान डायकको नाममा थियो।