• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : अमेरिकामा फल्यो विश्‍वकै ठूलो फर्सी

राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु

साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ७. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ८. विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • ९. विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी

  • १०. प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता


    Avatar photo
बुधबार, असोज २१, २०८३ मा प्रकाशित

बङ्गलादेश- बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ । तर, संयन्त्रनजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता पनि कायमै छ ।

ढाकाबाट करिब १५० किलोमिटर पश्चिम पद्मा नदीको किनारमा रहेको १३ अर्ब अमेरिकी डलरको रूपपुर आणविक ऊर्जा संयन्त्र एक दशकभन्दा लामो समयको निर्माणपछि सञ्चालनको चरणमा पुगेको हो । २.४ गिगावाट क्षमताका दुई रिएक्टर पूर्ण रूपमा सञ्चालनमा आएपछि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति गर्ने अपेक्षा गरिएको छ । पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो एक वर्षभित्र सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन् ।

रुसी राज्य आणविक निगम रोसाटमसँगको सहकार्यमा निर्माण भइरहेको परियोजनाले रूपपुरको ग्रामीण अर्थतन्त्र र जनजीवनसमेत बदलिदिएको छ । हजारौँ रुसी कामदारका कारण आवास, पसल र रेस्टुरेन्ट खुलेका छन् भने बङ्गाली, अङ्ग्रेजी र रूसी भाषामा लेखिएका सङ्केतपाटी देखिन्छन् । स्थानीयवासीले कामदारलाई तरकारी र फलफूल बेच्नेदेखि अन्य व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

संयन्त्रका अधिकारीहरूले कडा सुरक्षा व्यवस्था अपनाइएको र विगतका आणविक दुर्घटनाबाट सिकिएका पाठलाई परियोजनामा समावेश गरिएको बताएका छन् । १५ वर्षीय मोहम्मद नाफिजले रूपपुर विश्वभर परिचित हुनुमा खुसी लागेको र भविष्यमा इन्जिनियरिङ अध्ययनपछि संयन्त्रमा काम गर्ने आशा रहेको बताउनुभयो ।

तर, ८० वर्षीय मोहम्मद युनुस अलीले घना बस्तीबीच आणविक सुविधा निर्माण गरिएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार केही दिनअघि कम्प्रेसर परीक्षणका क्रममा आएको ठूलो आवाजले सुतिरहेका बालबालिकासमेत डराएका थिए । “म आफ्नो जीवनका लागि डराएको छैन, तर मेरा छोराछोरी र नातिनातिनीको सुरक्षा चाहन्छु”, उहाँले भन्नुभयो ।

रूपपुरमा आणविक संयन्त्र निर्माण गर्ने योजना सन् १९६० को दशकदेखि अघि बढेको थियो । विभिन्न देशसँगको वार्ता असफल भएपछि बङ्गलादेशले सन् २०१५ मा रुससँग सम्झौता गरेको थियो । परियोजनाको मूल लागतको करिब ९० प्रतिशत ऋण रुसी पक्षले उपलब्ध गराउने सहमति भएको थियो भने निर्माण सन् २०१७ मा सुरु भएको थियो । कोभिड–१९ महामारी र युक्रेनमाथि रुसको आक्रमणपछि लगाइएका प्रतिबन्धका कारण उपकरण आपूर्ति र भुक्तानीमा समस्या हुँदा परियोजना ढिलाइ भएको थियो ।

परियोजनासँग जोडेर भ्रष्टाचारका आरोपसमेत लागेका छन् । अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँका परिवारका सदस्यले भने ती आरोप अस्वीकार गरेका छन् ।

बङ्गलादेशीका लागि भने अहिलेको प्रमुख चासो संयन्त्रबाट भरपर्दो विद्युत् कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा छ । ५५ वर्षीया किसान बेली बेगमले नियमित विद्युत् कटौतीका कारण सिँचाइमा समस्या भइरहेको बताउँदै रूपपुर चाँडै सञ्चालनमा आएर आफूहरूले त्यसको पूर्ण लाभ पाउने आशा व्यक्त गर्नुभयो । “हामीले २४ घण्टा नै कुनै अवरोधबिना विद्युत् पाउने आशा गरेकी छु”, उहाँले भन्नुभयो ।

 

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : अमेरिकामा फल्यो विश्‍वकै ठूलो फर्सी
राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन
उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु
साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : अमेरिकामा फल्यो विश्‍वकै ठूलो फर्सी

  • ३.
    राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ४.
    उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु

  • ५.
    साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु

  • ६.
    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

  • ७.
    मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

  • ८.
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.