• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • १०. विश्‍व घटना : ८० हजार वर्षपछि देखियो पुछ्रेतारा !

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ


    Avatar photo
बुधबार, असोज २१, २०८३ मा प्रकाशित

ब्युनस आयर्स- अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मङ्गलबार राष्ट्रिय टोलीबाट भावुक बिदाइ लिनुभएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजार समर्थकमाझ बेनिनलाई ३–० ले पराजित गर्दै उहाँले २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गर्नुभएको हो ।

३९ वर्षीय मेस्सीले आफ्नो कीर्तिमानी २०८औँ अन्तर्राष्ट्रिय खेलमा १२६औँ गोल गर्दै बिदाइलाई अविस्मरणीय बनाउनुभयो । उहाँले निकोलस ओटामेन्डीको पहिलो गोलका लागि सहयोग गर्नुभयो भने निको पाजले अर्को गोल गर्नुभयो । मेस्सीले खेलको ७१औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो ।

खेलको परिणामभन्दा मेस्सीको बिदाइ नै मुख्य आकर्षण बन्यो । ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको कार्यक्रममा उहाँले समर्थकको माया र सम्मान ग्रहण गर्नुभयो । खेलपछि सम्बोधन गर्दै उहाँले २० वर्षभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेल्न पाउनु आफ्नो जीवनका लागि ठूलो गौरव भएको बताउनुभयो ।

“म जीवनभर खेलिरहन चाहन्छु, तर मलाई लाग्छ अब यो क्षण आएको छ । राष्ट्रिय टोलीका लागि खेल्नु आफूले पाउन सक्ने सबैभन्दा सुन्दर कुरा हो”, उहाँले भन्नुभयो ।

स्टेडियमतर्फ मेस्सी र उहाँका टोली साथीहरू सवार बस अघि बढ्दा समर्थकको ठूलो भीडले स्वागत गरेको थियो । त्यस क्रममा उहाँले भावुक हुँदै आँसु झार्नुभएको थियो । उहाँ आफ्ना तीन सन्तानसँगै मैदानमा प्रवेश गर्नुभयो भने पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुसिट्टिनीले भिआइपी कक्षबाट उहाँलाई हात हल्लाउँदै स्वागत गर्नुभयो ।

खेल सुरु हुनुअघि मैदानमा मेस्सीको १० नम्बरको जर्सीमाथि ‘ग्रेसियस’ अर्थात् ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो । खेलको १०औँ मिनेटमा उहाँको जर्सी नम्बरप्रति सम्मान प्रकट गर्दै खेल केही समय रोकिएको थियो र समर्थकले एक मिनेट लामो ताली बजाएका थिए । अन्तिम सिठ्ठीपछि ड्रोनमार्फत आकाशमा मेस्सीको तस्बिर देखाउँदै उहाँलाई धन्यवाद दिइएको थियो ।

मङ्गलबारको खेलअघि ब्युनस आयर्स विश्वविद्यालयले मेस्सीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । एएफएको मुख्यालयबाहिर समर्थकले उहाँको तस्बिरसहित ‘मेरो जीवनको आनन्द’ लेखिएको विशाल अर्जेन्टिनी झण्डा फहराएका थिए । बार्सिलोनाका पूर्व टोली साथी नेयमारले पनि सामाजिक सञ्जालमार्फत मेस्सीले फुटबलका लागि गर्नुभएको योगदानप्रति धन्यवाद दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको बिदाइ अर्जेन्टिनालाई २०२२ को विश्वकप जिताएर ३६ वर्ष लामो उपाधि खडेरी अन्त्य गरेको चार वर्षपछि भएको हो । उहाँको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ र २०२४ मा कोपा अमेरिका उपाधिसमेत जितेको थियो । अर्जेन्टिना सन् २०१४ र २०२६ को विश्वकपमा उपविजेता बनेको थियो ।

मेस्सी सन् २०२८ सम्म इन्टर मियामीसँग अनुबन्धमा हुनुहुन्छ । यद्यपि, दुई महिनाअघि आफ्ना बुबा जोर्जको निधनपछि उहाँले अपेक्षा गरिएभन्दा चाँडै फुटबलबाट बिदा लिन सक्ने सङ्केत गर्नुभएको थियो ।

समर्थक सिसिलिया एड्रियानोले मेस्सीले राष्ट्रिय टोलीका लागि आफ्नो तर्फबाट सबै कुरा दिनुभएको बताउँदै अब उहाँले आफ्नो जीवनको आनन्द लिन र आराम गर्न पाउनुपर्ने प्रतिक्रिया दिनुभयो ।

 

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु
पूर्व प्रथम महिला राजापाक्ष पक्राउ
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु
कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

भर्खरै

  • १.
    युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

  • २.
    पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

  • ३.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

  • ४.
    कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

  • ५.
    रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

  • ६.
    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

  • ७.
    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

  • ८.
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.