• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, असोज २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

राष्ट्रपतिसमक्ष थारु आयोगको प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ८. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ९. विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • १०. विश्‍व घटना : ८० हजार वर्षपछि देखियो पुछ्रेतारा !

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण


    Avatar photo
बुधबार, असोज २१, २०८३ मा प्रकाशित

कास्की-  राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो ।

याम्दीखोलामा रहेको पुरानो पुलको दायाँ र बायाँपट्टि थप एक–एकवटा नयाँ पुल निर्माण गरिएको हो । दुवै नयाँ पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । सडक फराकिलो भए पनि पुल निर्माणको काम पूरा नहुँदा कतिपय स्थानमा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा असहजता हुने गरेको थियो ।

विशेषगरी साँघुरो पुलका कारण विपरीत दिशाबाट आउने सवारीसाधनलाई पार गराउन समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो । अब सडकको चौडाइअनुसार पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त समस्या हटेको कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै यात्राको समय बचत हुनुका साथै सवारीसाधनको आवागमनसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

“सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटना हुने जोखिम पनि हटेको छ । पुल निर्माणको सबै काम सम्पन्न भएको छ । यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ”, सूचना अधिकारी शर्माले भन्नुभयो ।

तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । सोहीअनुसार रु २१ करोड ५९ लाख ७८ हजार लागतमा विसं २०७९ साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणकार्य अघि बढाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ ।

मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन साविक धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लामा आवतजावत गर्ने गर्दछन् । मालवाहक सवारी, सार्वजनिक यातायात तथा निजी सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्त्वपूर्ण मार्गका रूपमा रहेको छ ।

बुधबार, असोज २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु
पूर्व प्रथम महिला राजापाक्ष पक्राउ
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु
कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार
रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता
सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

भर्खरै

  • १.
    युक्रेनमा रुसी हमलामा आठ जनाको मृत्यु

  • २.
    पूर्व प्रथम महिला राजापाक्ष पक्राउ

  • ३.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा १७ जनाको मृत्यु

  • ४.
    कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

  • ५.
    रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

  • ६.
    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

  • ७.
    सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट

  • ८.
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.