• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

    Avatar photo
शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

नुवाकोट- नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डिएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

Advertisement

अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ ।

कमाण्ड टोलीले तालिमप्राप्त कुुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ । अभियानअन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद सिलवालका अनुसार अभियानअन्तर्गत यही भदौ १९ गतेदेखि हालसम्म ६५ शव व्यवस्थापन गरिएको छ भने ४६ नेपाली र एक भारतीय गरी ४७ शवको डिएनए परीक्षण गरिएको छ । यसमध्ये आठ महिला, एक बालक, सात बालिका छन् । सङ्कलन गरिएका मध्ये ३७ ‘डिएनए’ नमुना नेपाल प्रहरी केन्द्र्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र १० नमुना पठाउन बाँकी रहेको छ । प्रहरीको लेभल–१ अस्पतालमा डिएनए नमुना सङ्कलन गरिएको छ ।

प्रहरीले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका शवको व्यवस्थापनसँगै बेपत्ताको खोजीलाई निरन्तरता दिइएको छ । टोलीले रसुवा जिल्लामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ ।

अपरेशनका क्रममा बाढीले पुरिएका घर तथा विभिन्न संरचनाबाट महत्त्वपूर्ण एवं अत्यावश्यक धनमाल र वस्तु निकाल्ने कार्य पनि भइरहेको एसएसपी सिलवालले जानकारी दिनुभयो । विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने कामसमेत भइरहेको उहाँको भनाइ छ ।

बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा हराइरहेकाको उद्धार तथा खोजीलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरीले मातहतका युनिटलाई निर्देशन दिइएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना अहिले सुरुङलगायत जोखिमयुक्त स्थानमा उद्धार, सडक सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण, पीडितका आफन्तलाई बाढी क्षेत्रमा लाने÷ल्याउने आदि काममा केन्द्रित भएकाले प्रहरीले समुदायकेन्द्रित कामलाई जोड दिएको हो ।

नेपाल प्रहरीको ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ । कुकुर पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ ।

फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न टोलीले सहजीकरण गरिरहेको छ ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

भर्खरै

  • १.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • २.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ३.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ६.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ७.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.