बडका भलमन्साले फरमान जारी गरे
अबदेखि हाम्रो गाउँको समाचार
बडकी भलमन्सिनियाले पढ्ने भनेर
Advertisement
ठग्गाले भन्यो-
काका, यो के गरेको ?
हाम्रो गाउँको एफएम छ त
गाउँको समाचार सुनाउन
बडका भलमन्साले भने-
त्यो एफएमले
मैले भनेजस्तो समाचार भन्दैन
मैले सुन्नेजस्तो समाचार सुनाउँदैन
भतिज,
समाचार बनाउने जिम्मा तेरो
पढ्ने तेरी काकीको !
ठग्गाले समाचार लेख्यो-
गाउँमा ग्यास होम डेलिभरी हुनेछ
मल फालाफाल पाइने छ
हरेक साल १० जनाले जागिर पाउने छन्
बढेको कर कम गरिने छ !
समाचार सुनेर
जग्गन पेट मिचीमिची हाँस्यो !