• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री


    Avatar photo
शनिबार, भदौ २७, २०८३ मा प्रकाशित

काठमाडौं- आज १२ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९७०- सोभियत संघले पठायो लुना-१६

तत्कालीन सोभियत संघले अन्तरिक्षमा पठाएको ‘लुना-१६’ मिसन चन्द्रमामा अवतरण गरेको पहिलो रोबोटिक मिसन थियो। २४ सेप्‍टेम्बरमा उक्त मिसन धर्तिमा फर्किएको थियो।

– सन् १९७४- इथियोपियामा ‘कु’

सन् १९७४ मा आजकै दिन भएको सैन्य ‘कु’मार्फत सम्राट हेली सेलासीलाई गद्दीच्युत गरिएको थियो। सैन्य ‘कु’को नेतृत्व इथियोपियाको सशस्त्र फौज र देशका अन्य कानून कार्यान्वयन एकाइका सदस्य सम्मिलित समूहले गरेको थियो। सैन्य ‘कू’पछि सम्राट सेलासीलाई कैद गरिएको थियो। त्यसको २ वर्षपछि उनको निधन भएको थियो।

– सन् १९९२- प्रथम अश्‍वेत महिला अन्तरिक्षमा

फिजिसियन माए सी. जेमिसन आजकै दिन अन्तरिक्ष यात्रामा निस्केकी थिइन्। उनी अन्तरिक्ष यात्रा गर्ने पहिलो अश्‍वेत (अफ्रिकी-अमेरिकी) महिला हुन्। विशेषज्ञहरू सम्मिलित ‘एसटीएस-४७’ अन्तरिक्ष मिसन नासाले पठाएको थियो। यो नासाको स्पेस सटल कार्यक्रमको ५०औं शृंखला थियो। जेमिसनले १९० घण्टा अन्तरिक्षमा बिताएकी थिइन्। र, त्यसक्रममा भारहीनता र मोसन सिकनेसका बारेमा प्रयोग गरेकी थिइन्।

– सन् २०१२- फ्याक्ट्री आगलागीमा ३१४ मारिए

पाकिस्तानको लाहोर र कराँचीमा आजकै दिन एक कारखानामा भएको आगलागीमा परी ३१४ जनाको ज्यान गएको थियो।

– सन् २०१८- ३६ सय बालबालिकालाई इसाई धर्मगुरुहरूको शोषण

सन् २०१८ मा आजकै दिन जर्मनीमा सार्वजनिक भएको एक गोप्य दस्तावेजमा ३ हजार ६०० बालबालिकालाई इसाई धर्मगुरुहरूले यौन शोषण गरेको उल्लेख थियो। सन् १९४६ देखि २०१४ को ६८ वर्षको अवधिमा क्याथोलिक धर्मगुरुहरूले शोषण गरेको सार्वजनिक भएको थियो।

– सन् २०२२- ५ करोड मानिस आधुनिक दासतामा

सन् २०२२ मा आजकै दिन संयुक्त राष्‍ट्र संघले विश्‍वलाई झस्काउने एक तथ्यांक सार्वजनिक गरेको थियो। राष्‍ट्र संघको अन्तर्राष्‍ट्रीय श्रम संगठनले सार्वजनिक गरेको उक्त तथ्यांकअनुसार विश्‍वका ५ करोड मानिस आधुनिक दासतामा परेको पाइएको थियो। पछिल्ला ५ वर्षभित्र जबर्जस्ती श्रम र विवाहमा पारेर त्यति ठूलो जनसंख्यालाई दास बनाइएको थियो। त्यसअघि उक्त आँकडा १ करोड मात्र थियो।

– सन् २०२२- आर्मेनिया र अजरबैजान युद्धमा मारिए १०० सैनिक

सन् २०२२ मा आजकै दिन आर्मेनिया र अजरबैजानबीच सीमा युद्ध भएको थियो। त्यस युद्धमा दुवै मुलुकका १०० सैनिक मारिएका थिए।

– सन् २०२४- दुर्व्यवहारमा परेका ४०२ बालबालिकाको उद्धार

सन् २०२४ मा आजकै दिन मलेसियाली प्रहरीले दुर्व्यवहारमा परेका ४०२ जना बालबालिकाको उद्धार गरेको थियो। जीआईएसबी नामक व्यापारिक समूहले उनीहरू माथि दुर्व्यवहार गरिरहेको थियो।

– सन् २०२४- स्पेसएक्स मिसनको स्पेसवाक

सन् २०२४ मा आजकै दिन स्पेसएक्सका पोलारिस डन मिसनको चालक दलले पृथ्वीको कक्षमा ५ दिने यात्राको दौरान पहिलो व्यावसायिक स्पेसवाक गरेको थियो। यो अमेरिकी अन्तरिक्ष अभियान नासाको एपोलो कार्यक्रमपछि कुनै मानिसले अन्तरिक्षमा गरेको सबैभन्दा लामो यात्रा हो।

– सन् २०२५- नेपालमा पहिलो महिला प्रधानमन्त्री

नेपालमा आजकै दिन पहिलो महिला प्रधानमन्त्रीका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पद सम्हालेकी थिइन्। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि हुन्। जेन-जी विद्रोहमार्फत एमाले र कांग्रेसको गठबन्धन सरकार ढालिएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीलाई बनाइएको थियो। उनको सरकारलाई ६ महिनाभित्र निर्वाचन सम्पन्‍न गराउने म्यान्डेट दिइएको थियो। र, आफूलाई दिएको म्यान्डेट पूरा गरेर कार्कीले नयाँ सरकारलाई पद हस्तान्तरण गरेकी थिइन्।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.