• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

हे प्रकृति तिम्रो न्याय यही हो ?

विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

आठ रात नौ दिनमा सकियोः भक्तपुरको गाईजात्रा

लोकप्रिय समाचार

  • १. बड्का भलमन्साको विलाप !

  • २. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ३. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ७. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ८. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ९. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • १०. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै


    Avatar photo
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

स्याङ्जा- वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो ।

Advertisement

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीको बेवास्ताका कारण पाँच वर्षदेखि अलपत्र परेको स्थानीय बताउँछन् ।

भवनको हालसम्म आधामात्रै काम भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिनुभयो । तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने आशयको कार्यालयले सूचना निकालिएको जनाउँदै उहाँले भदौको अन्तिमसम्म पनि निर्माण कम्पनीले तदारुकता नदेखाएमा ठेक्का रद्द गर्ने बताउनुभयो ।

“सकेसम्म निर्माण गरिरहेको कम्पनीबाट भवन सम्पन्न होस् भन्ने कार्यालयको चाहना हो”, उहाँले भन्नुभयो, “निरन्तर रूपमा काम गरेको खण्डमा समय धेरै लाग्ने थिएन, अब आधाजसो काम बाँकी छ ।” कार्यालयले भवन निर्माण समयमै सक्नका लागि पत्राचार गरे पनि निर्माण कम्पनीको ढिलासुस्तीले भवन पाँच वर्षदेखि अलपत्र हुँदै आएको छ ।

यहाँका स्थानीय तथा जनप्रतिनिधिले पटकपटक निर्माणलाई तीव्रता दिन अनुरोध गरे पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको वालिङ–१ का वडाध्यक्ष पदमराज गुरुङले बताउनुभयो । “हजारौँ नागरिकले स्वास्थ्यजस्तो संवेदनशील सेवा दिने उद्देश्यले स्थापना भएको औषधालय निर्माण व्यवसायीको लापरबाहीले अलपत्र बनेको छ”, उहाँले भन्नुभयो, “समयमै सक्न अनुरोध गर्दै आएका छौँ । केही समस्या भए समाधानमा हामी जनप्रतिनिधि तथा स्थानीयवासी पनि लाग्ने भनिरहेका छौँ तर काम भएन ।”

समयमा भवन निर्माण सम्पन्न नहुँदा कार्यालय भाडामा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख हरिप्रसाद अर्यालले बताउनुभयो । “ठाउँको अभाव हुँदा औषधालयले प्रदान गर्ने सेवा बन्द अवस्थामा छन्, सबै सेवा उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “औषधालयमा गराउनुपर्ने मेडिकल योगा, शिरोधारासहित औषधि निर्माणाधीन भवनका कारण अहिले ठप्प छ ।” उहाँका अनुसार अहिले औषधालयले सामान्य सेवा, औषधोपचार तथा परामर्शका कामहरू मात्र सञ्चालन गर्दै आएको छ ।

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै
ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
हे प्रकृति तिम्रो न्याय यही हो ?
विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

भर्खरै

  • १.
    आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

  • २.
    अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै

  • ३.
    ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

  • ४.
    भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ७.
    विश्‍व घटना : अमेरिकामा समातिए ४७५ विदेशी कामदार

  • ८.
    राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.