• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

काबो भर्डेमा बस दुर्घटना, २१ जनाको मृत्यु

पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ३. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ४. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ५. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ६. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ७. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ८. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ९. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • १०. हे प्रकृति तिम्रो न्याय यही हो ?

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै


    Avatar photo
शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

पाल्पा- नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ । यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो ।

Advertisement

आज अपराह्न १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन नगरपालिका-३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने सञ्चालक समितिका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच भने नहुने उहाँको भनाइ छ । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा जात्रा निकाल्न लागिएको महर्जनले बताउनुभयो ।

देश शोकको अवस्थामा रहेकाले यस वर्ष जात्रामा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेका हौँ ।” उहाँका अनुसार विगतमा जस्तो पञ्चेबाजा, ढिमे बाजा हुँदैन । नेपाली सेनाको बाजा भने प्रयोग हुने अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा रथ निकालिने छ । नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा अगाडि बढ्ने छ । यसलाई भगवतीजात्रा, रथ यात्राअर्थात् सिन्दूर जात्राकानामले पनि चिनिन्छ । भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवतीजात्रा (रथ यात्रा) लाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलिदिइने छ ।

पाल्पाली प्रशासकका रूपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रूपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको स्थानीय राजेन्द्रगोपाल सिंहले बताउनुभयो ।

“घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूर जात्रा गर्ने छु’ र ‘भगवतीको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए । दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन विजयोत्सवका रूपमा मनाउने घोषणा गर्नुभएको यहाँका ज्येष्ठ नागरिक बताउँछन्”, स्थानीय सिंहले भन्नुभयो ।

अङ्ग्रेजलाई युद्धमा हराएकाले विजयजात्राका रूपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ । तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको स्थानीय सिंहले बताउनुभयो ।

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काबो भर्डेमा बस दुर्घटना, २१ जनाको मृत्यु
पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए
अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित
युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

भर्खरै

  • १.
    काबो भर्डेमा बस दुर्घटना, २१ जनाको मृत्यु

  • २.
    पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए

  • ३.
    अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

  • ४.
    युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

  • ५.
    इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

  • ६.
    क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठ जना पक्राउ

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

  • ८.
    नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.