• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्यमा वृद्धि

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. बड्का भलमन्साको विलाप !

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग


    Avatar photo
बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३ सेप्‍टेम्बर। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण आजको दिन स्मरणमा छ। प्रस्तुत छ, तीमध्ये केही परिघटनाको सारसंक्षेप।

Advertisement

– सन् १७८३- ब्रिटेन र अमेरिकाबीच सन्धि

२४० वर्षअघि आजकै दिन तत्कालीन ग्रेट ब्रिटेन र अमेरिकाबीच पेरिस सन्धि भएको थियो। उक्त सन्धिले अमेरिकामा जारी क्रान्तिकारी युद्ध अन्त्य भएको थियो।

– सन् १९६७- स्विडेन बन्यो राइट ड्राइभिङ मुलुक

युरोपेली मुलुक स्विडेनले आजदेखि नै लेफ्टबाट राइट साइड ड्राइभिङको प्रचलन शुरु गरेको थियो। त्यतिन्जेल बायाँ साइडबाट भइरहेको ड्राइभिङ दायाँ साइडमा मोडिएको थियो। हाल १६३ वटा देश र क्षेत्रमा राइट साइड ड्राइभिङ हुन्छ भने नेपाल र भारतसहित ७६ वटा मुलुकमा लेफ्ट साइड ड्राइभिङको नियम छ।

– सन् १९७१- कतारलाई स्वतन्त्रता

सन् १९७१ मा आजकै दिन खाडी मुलुक कतार स्वतन्त्र भएको थियो। उक्त मुलुकमा ५५ वर्ष लामो ब्रिटिस राज अन्त्य भएको थियो।

– सन् १९९५- इन्टरनेट जायन्ट ‘ई-बे’ स्थापना

पियरे ओमिड्यारले आजकै दिन इन्टरनेट जायन्ट कम्पनी ‘ई-बे’को स्थापना गरेका थिए। ‘इबे डट कम’ एक अनलाइन बजार र लिलामी वेबसाइट हो।

– सन् २००४- ३४४ को ज्यान लिएको आतंकवादी हमला

सन् २००४ मा रुसमा आजकै दिन ३४४ जनाको ज्यान लिँदै एक आतंकवादी आक्रमण भएको थियो। नर्ग ओसेसिया-अलानियास्थित बेसलान स्कुलमा उक्त आतंकवादी आक्रमण भएको थियो। मारिनेमध्ये अधिकांश शिक्षक र बालबालिका थिए।

– सन् २०१३- माइक्रोसफ्टले किन्यो नोकिया

चर्चित जापानी विद्युतीय सामग्री कम्पनी नोकियालाई आजकै दिन अमेरिकी टेक्नोलोजी जायन्ट माइक्रोसफ्टले खरिद गरेको थियो। त्यसका लागि माइक्रोसफ्टले ७२ अर्ब अमेरिकी डलर खर्च गरेको थियो।

– सन् २०१७- दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सन् २०१७ मा आजकै दिन जर्मनीको फ्र्यांकफर्टमा दोस्रो विश्‍वयुद्धमा प्रयोग भएको १.४ टनको बम फेला परेको थियो। उक्त बम विष्फोट हुने खतराबीच स्थानीय ६० हजार जनालाई सुरक्षित स्थलमा सार्नुपरेको थियो।

– सन् २०१९- डोरियनले लियो ५० को ज्यान

सन् २०१९ मा आएको विनाशकारी आँधी डोरियनले एटलान्टिक महासागरको टापु ग्रान्ड बहामामा ५० जनाको ज्यान लिएको थियो। घटनामा बेपत्ता भएका २ हजार जना कहिल्यै फेला परेनन्।

– सन् २०२३- ताइवानमा हाइकुई तुफानको कहर

सन् २०२३मा ताइवानमा हाइकुई नाम दिइएको समुद्री तुफानले बितण्डा मच्चाएको थियो। त्यसबाट बचाउन ४ लाख मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो।

– सन् २०२४- रुसी मिसाइलले लियो ५० को ज्यान

सन् २०२४ मा आजकै दिन रुसको मिसाइल आक्रमणमा परी युक्रेनका ५० जनाको ज्यान गएको थियो। युक्रेनको सैनिक एकेडेमीलाई लक्षित गर्दै रुसले मिसाइल प्रहार गरेको थियो।

– सन् २०२५- पोर्चुगलमा ट्राम दुर्घटनामा १६ मारिए

सन् २०२५ मा आजकै दिन पोर्चुगलको लिस्बनमा ‘एलिभेडोर दा ग्लोरिया फनिक्युलर’ नामक हिल ट्राम अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। उक्त ट्राम भित्तामा ठोक्किँदा १६ जनाको ज्यान गएको थियो।

बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा वृद्धि
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    सुनचाँदीको मूल्यमा वृद्धि

  • २.
    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

  • ३.
    डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

  • ४.
    जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

  • ५.
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

  • ८.
    विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.