• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्यमा वृद्धि

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. बड्का भलमन्साको विलाप !

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा


    Avatar photo
शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

काठमाडौं- आज ४ सेप्‍टेम्बर। विश्‍व इतिहासका असंख्य घटनाहरूले आजको दिनलाई संसाभर परिचित गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८८८- कोडाक कम्पनी स्थापना

सन् १८८८ मा आजकै दिन प्रिन्टिङ तथा इमेजिङ कम्पनी कोडाकको स्थापना भएको हो। यसको आविष्‍कारक जर्ज इस्टम्यान थिए। सोही दिन इस्टम्यानलाई रोल-फिल्म क्यामेराका लागि प्याटेन्ट पनि प्राप्त भयो। १०० वटासम्म तस्बिर लिन सक्ने रोल-फिल्म क्यामेराले फोटोग्राफीको दुनियाँ नै परिवर्तन गरिदियो। शुरुवाती दिनमा शौखिन व्यक्तिहरूले यसको व्यापक प्रयोग गरे। र, विस्तारै संसारभर यसको प्रयोग बाक्लियो।

– सन् १९९८- गुगल स्थापना

सन् १९९८ मा आजकै दिन इन्टरनेट कम्पनी गुगल स्थापना भएको थियो। यो कम्पनी आजको दिनमा वर्ल्ड वाइड वेबमा सूचना र जानकारी प्राप्त गर्ने पर्यायवाची बनेको छ। यो सर्च इन्जिन ल्यारी पेज र सर्गेई ब्रिनले निर्माण गरेका हुन्। यसको शुरुवात एक शोध परियोजनाका रूपमा भएको थियो। त्यतिबेला दुवै स्ट्यानफोर्ड विश्‍वविद्यालयमा डक्टरेटका विद्यार्थी थिए।

– सन् १९९८- ‘हु वान्ट्स टु बी मिलियोनर’ शुरु

सन् १९९८ मा आजकै दिन ‘हु वान्ट्स टु बी मिलियोनर’ प्रश्‍नोत्तर खेल शुरु भएको थियो। ब्रिटिस टेलिभिजन च्यानलमा शुरु भएको उक्त कार्यक्रमले छिट्टै लोकप्रियता हासिल गर्‍यो। र, अन्य मुलुकका टेलिभिजन च्यानलहरूले पनि यसको शुरुवात गरे।

– सन् २०१४- मनसुनी वर्षामा मारिए ४००

सन् २०१४ मा भारत र पाकिस्तानमा मनसुनी वर्षाबाट ४०० जना मारिएका थिए।

– सन् २०१९- युट्युबलाई १७ करोड डलर जरिवाना

सन् २०१९ मा आजकै दिन युट्युबलाई १७ करोड अमेरिकी डलर जरिवाना गरिएको थियो। यो गुगलको स्वामित्त्वमा रहेको भिडियो सेयरिङ प्लेटफर्म हो। बालबालिकाको हेर्ने आदतसम्बन्धी डेटा संकलन गरेको कसूरमा अमेरिकी फेडेरेल ट्रेड कमिसनले युट्युबलाई जरिवाना तिराएको थियो।

– सन् २०२१- नाइजेरियाले बन्द गर्‍यो ट्‍विटर

सन् २०२१ मा आजकै दिन अफ्रिकी मुलुक नाइजेरियाको सरकारले ट्‍विटर बन्द गराएको थियो। राष्‍ट्रपति मुहम्मदु बुहारीको एउटा पोस्ट ट्‍विटरले डिलिट गरिदिएपछि सरकारले उक्त निर्णय लिएको थियो।

– सन् २०२२- सामूहिक छुरी प्रहारमा मारिए १०

सन् २०२२ मा आजकै दिन क्यानाडाको सस्केचवान प्रान्तस्थित जेम्स स्मिथ क्री नेसनमा गरिएको सामूहिक छुरी प्रहारमा १० जना मारिएका थिए। र, अन्य १९ जना घाइते भएका थिए। घटनामा संलग्‍न दुई व्यक्ति हालसम्म फरार छन्।

– सन् २०२४- १४ वर्षे किशोरले गरे शिक्षक र सहपाठीको हत्या

सन् २०२४ मा आजकै दिन अमेरिकाको जर्जियामा एक १४ वर्षे किशोरले २ शिक्षक र २ सहपाठी विद्यार्थीको हत्या गरेका थिए। घटनामा अन्य ९ जना घाइते भएका थिए। उक्त घटना जर्जियाको विन्डरस्थित अपालाची हाइस्कुलमा भएको थियो।

– सन् २०२५- सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

सन् २०२५ मा आजकै दिन नेपालको तत्कालीन केपी ओली नेतृत्वको सरकारले २६ वटा सामाजिक सञ्‍जाल बन्द गर्ने बहुलठ्ठीपूर्ण निर्णय गरेको थियो। त्यसका कारण आम जनमानसमा उत्पन्‍न आक्रोसका कारण ८-९ सेप्‍टेम्बर जेन-जी पुस्ताको विद्रोह भएको थियो। त्यस क्रममा देशभर ठूलो परिमाणमा धनजनको क्षति भएको थियो। विद्रोहीहरूको आक्रमणको शिकार बनिने त्रासका कारण प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकोप्‍टर चढेर भाग्‍नुपरेको थियो। त्यसलगत्तै सेनाको ब्याकअपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले ५ मार्च २०२६ मा गराएको आम निर्वाचनका आधारमा हाल राष्‍ट्रीय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाइ बहुमतको सरकार सञ्‍चालनमा छ।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा वृद्धि
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    सुनचाँदीको मूल्यमा वृद्धि

  • २.
    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

  • ३.
    डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

  • ४.
    जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

  • ५.
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

  • ८.
    विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.