• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्यमा वृद्धि

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. बड्का भलमन्साको विलाप !

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • ६. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. राशिफल : मेष- दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने


    Avatar photo
शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित

म्याग्दी- बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ ।

Advertisement

दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको रु ५० लाख लगानीमा पुल संरक्षणको काम सुरु भएको जानकारी दिनुभयो ।

“पुलको जोखिमका कारण निर्माणकार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाले साझेदारी गरेर संरक्षणको काम गर्ने सहमति जनाएका छन्”, उहाँले भन्नुभयो, “पुल संरक्षणको अवधिसम्म ठूला गाडी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन स्थलगत अध्ययन गरिएको छ ।”

पुलको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ । पुलमा समस्या आए मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ तथा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गर्न सहमति जनाएका छन् ।

दुखुखोला पुल र फापरखेतको पहिरोका कारण जलविद्युत् आयोजनामा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको छ । सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २० मिटर लामो र छ मिटर फराकिलो पुल निर्माण गरेको हो । रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको पुल केही दिन पहिलेको बाढीका कारण समस्यामा परेको हो ।

मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्गको अस्थायी संरक्षण गरेको थियो ।

शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा वृद्धि
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

भर्खरै

  • १.
    सुनचाँदीको मूल्यमा वृद्धि

  • २.
    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

  • ३.
    डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

  • ४.
    जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

  • ५.
    ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

  • ६.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ७.
    त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट दुई जनाको जीवितै उद्धार

  • ८.
    विश्‍व घटना : सामाजिक सञ्‍जाल बन्द गर्ने ओली सरकारको निर्णयले निम्त्यायो बितण्डा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.