वृष- पुरानो समस्याले झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि र पशुपालनमा खर्च बढ्नेछ। अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ। रोकिएका काम विस्तारै बन्नेछन्। नयाँ काम पाइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव बढ्नेछ।
मिथुन- दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। व्यापारमा भने कम मात्र फाइदा होला। होसियारीसाथ काम लिनुपर्ने समय छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ।
कर्कट- लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ।
सिंह- काममा रोकावट र कम मात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। आज तपाईंले सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ। अन्नलाभ पनि हुनेछ।
कन्या- काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ। आज काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।
तुला- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। रचनात्मक काम शुरु गर्ने समय छ। यात्रा पनि होला। आज धनलाभको सम्भावना छ। टाढाको यात्राको पनि योग छ। दिन रमाइलैसँग बित्नेछ। कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ।
वृश्चिक- साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला।
धनु- कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। सोचेको काम सफलतापूर्वक सम्पन्न होला। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ।
मकर- परिवारजन र बन्धु-बान्धवबीच आत्मीयता बढ्नेछ। भूमि र मातृधनबाट लाभ लिने समय छ। पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।
कुम्भ- बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्त्वाकांक्षी योजना फलीभूत होलान्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
मीन- अध्ययनमा पछि परिने सम्भावना छ। अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा राम्रै फाइदा हुनेछ। काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला। सहयोगीहरूबाट धोका पाइने सम्भावना छ।