• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • ९. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

  • १०. बड्का भलमन्साको विलाप !

भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा


    Avatar photo
सोमबार, भदौ १५, २०८३ मा प्रकाशित

महेन्द्रनगर- जोनापुरका विनोद डगौराले छोरो घर फर्किने आशामा बसेको आज पाँच दिन बित्यो ।

Advertisement

भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन् । रसुवाको स्वाफ्रुबँेसीस्थित जलविद्युत् आयोजनामा मजदुरी गर्थे उनका छोरा । गत जेठ महिनामा छोरा दीपेन्द्र रसुवा गएका थिए । डगौराका परिवार दीपेन्द्रको खोजीका लागि काठमाडौँ जाने तयारी हुँदै गर्दा कृष्णभीरको पहिराका कारण रोकिन पर्यो ।

“दुई दिनअघि परिवारको सम्र्पकमा नरहेका यहाँका चार जना काठमाडौँ जाने भन्दै थियौँ”, डगौराले भन्नुभयो, “सडक अवरुद्ध भयो भनेपछि रोकियौं । जहाजमा जाने क्षमता भएन ।” दीपेन्द्र घरका एक्ला छोरा हुन् । बाढी आउनु केही दिनअघिसम्म परिवारको सम्र्पक भए पनि बाढीपछि उनको अवस्थाबारे कुनै जानकारी छैन ।

“परिवारको एक्लो छोरा हुन् दीपेन्द्र । अब त सम्र्पकमा आउने आशा पनि न्यून हुँदै गयो”, उहाँले भन्नुभयो, “छोरो सम्पर्कविहीन भएपछि परिवारमा दुःख आइलागेको छ ।” गाउँका अन्य युवासँग रसुवा गएका दीपेन्द्रका साथीसमेत परिवारको सम्पर्कभन्दा बाहिर छन् । उहाँले छोराको सकुशल रिहाइको आशा मारेका छैनन् । “सबैतिर सरकारले उद्धार गरिरहेकाले कति सुरक्षित ठाउँमा छोरो भेटिन्छ की जस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ ।

टिमुरे भन्सारमा कार्यालयमा कार्यरत भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेशदत्त जोशीका आफन्त पनि खोजीका लागि काठमाडौँ पुगेका छन् । काठमाडौँ पुगेका जोशीको छोरीज्वाई टीका भट्टले आशा मारेका छैनन् । “टिमुरे भन्सारबाट ज्यान जोगाएर आएका भन्सार कर्मचारीसित भेट गरेँ”, भट्टले भन्नुभयो, “टिमरे बजार नै बाढीले बगाइसक्यो । शवहरु अहिले पनि त्यहाँ छरपष्ट छन् भन्ने सुनियो ।”

गत शुक्रबार काठमाडौँ पुगेका भट्टले टिमुरे भन्सार कार्यालयबाट सम्र्पकविहीन १५ जना कर्मचारीका आफन्त खोजीका लागि काठमाडौँ पुगेको बताउनुभयो । त्यसैगरी, यहाँको लालझाडी गाउँपालिका–५ का पदमसिंह साउद अपर त्रिशूली जलविद्युत् आयोजनामा काम गर्थे । बाढी आउनुअघि सोही दिन बिहान साढे ७ बजे परिवारका सदस्यहरुसित कुराकानी भएको साउदका भतिज खडक थापाले जानकारी दिनुभयो ।

“काकाको प्रायः राति डियुटी हुनाले त्यो दिन बिहान घरमा कुरा गरेर सुत्छु भनेर फोन राख्नुभयो । त्यसपछि सम्र्पक नै भएन”, थापाले भन्नुभयो, “परिवारका सदस्यले फर्किने आशा मारिसकेँ ।” उहाँले काका बस्ने जलविद्युत् आयोजनाको क्याम्प नै बाढीले बगाइसकेकाले फर्किने आशा मरिसकेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भोटेकोशी बाढीबाट कञ्चनपुर घर भएका ३९ जना मध्ये सात जना मात्रै परिवारको सम्र्पकमा आएको बताउनुभयो । “दुई जना उपचाररत र सात जना परिवारको सम्पर्कमा आउनुभयो”, उहाँले भन्नुभयो, “अन्यको खोजी कार्य जारी छ । प्रहरी प्रधान कार्यालयसित नियमित समन्वय हुँदैछ”, उहाँले भन्नुभयो ।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश
नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र
श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो
भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार
पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

भर्खरै

  • १.
    ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

  • २.
    नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र

  • ३.
    भोटेकोशी बाढीः सम्पर्कविहीन घर फर्किने आशामा

  • ४.
    श्री एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

  • ५.
    भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार

  • ६.
    पाकिस्तानी राष्ट्रपतिका प्रतिनिधि नेपाली दूतावास पुगेर व्यक्त गरे ऐक्यद्धता

  • ७.
    सुनको मूल्य घट्यो, चाँदीको स्थिर

  • ८.
    तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.