काठमाडौं- काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ।
Advertisement
प्रहरीका अनुसार जहाजमा आकाशमा चरा ठोक्किएपछि कारण भैरहवा विमानस्थलमा साढे ३ बजे आकस्मिक अबतरण गराइएको छ।
ठक्करका कारण अगाडिको सिसा चर्किएको छ। जहाजमा सवार ५० जना यात्रु र चालक दलका सदस्यहरू सकुशल छन्। यात्रलाई भैरहवा विमानस्थलको अन्तर्राष्ट्रीय डिपार्चर हलमा राखिएको छ ।
एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार यात्रीहरूलाई अर्को जहाजमा राखेर धनगढी पठाइँदैछ।