• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

भोटेकोशी बाढीः ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

बड्का भलमन्साको विलाप !

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु

लोकप्रिय समाचार

  • १. बाहुण्डाँगीको मानव-हात्ती द्वन्द्व : जैविक मार्ग कि किसानको पीडा ?

  • २. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • ३. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ४. राशिफल : कन्या- काम बन्‍ने, वृश्‍चिक- पराक्रम बढ्ने

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कर्कट- उत्साह, मीन- इनाम प्राप्ति

  • ७. राशिफल : कर्कट- साधन प्राप्ति, वृश्‍चिक- अचानक उपहार

  • ८. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ९. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु


    Avatar photo
शनिबार, भदौ १३, २०८३ मा प्रकाशित

किएभ- किएभ नजिकैको डिपोमा रातभरि रुसले ड्रोन आक्रमण गर्दा विष्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा ३७ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताउनुभएको छ।

Advertisement

राजधानीको पश्चिमी उपनगर नजिक रहेको उक्त डिपोमा ‘विस्फोटक वस्तुहरू’ भण्डारण गरिएको पाइएको युक्रेनी अभियोजकहरूले बताएका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वस्ती नजिक गोलाबारुद राखिनु गलत भएको बताउनुभएको छ ।

उहाँले एक्समा लेख्नुभएको छ, “गोलाबारुद घर वा अन्य आवासीय क्षेत्र नजिक भण्डारण गर्नु हुँदैन र सकिँदैन । जसले भण्डारण गर्न लगाए वा दिए, उनीहरूले आफ्ना निर्णयहरूको लागि जवाफदेही हुनुपर्छ ।”

रुस र युक्रेन दुवैले हालका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन्, जसले द्वन्द्वलाई थप हिंसात्मक बनाएको छ । सन् २०२२ मा मस्कोको आक्रमणपछि नागरिक हताहतको सङ्ख्या उच्च विन्दुमा पुगेकोे छ ।

एएफपीका संवाददाताहरूले राजधानीको पश्चिमी उपनगरमाथि उठेको ठूलो कालो धुवाँको स्तम्भ देखेको र अधिकारीहरूले सयौँलाई यस क्षेत्रबाट खाली गरिएको बताएका रिपोर्ट गरेका छन् ।

विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि क्षति पु¥याएको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।

किएभ क्षेत्रका गभर्नर तिमुर त्काचेन्कोले टेलिग्राममा भन्नुभयो, “आक्रमणमा छिमेकी नगर दिनित्रिभ्काका उपप्रमुखसहित कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।”

“उद्धारकर्मी र सबै सम्बन्धित सेवाले आक्रमणस्थलमा आफ्ना नियमित कामहरू जारी राखिरहेका छन्,” उहाँले भन्नुभयो ।

डिपो किएभको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा अवस्थित थियो ।

अधिकारीहरूले यो सैन्य वा नागरिक सुविधा हो भन्ने बिषयमा जानकारी गराएनन् ।

–आपराधिक लापरवाही–

युक्रेनी अभियोजकहरूले घटनाबारे अनुसन्धान सुरु गरेको बताएका छन् ।

“स्थानीय समय अनुसार अगस्ट २८ को साँझ ८ः१० बजे एउटा मानवरहित हवाई यान (ड्रोन) मिला शहरको एउटा उद्योगको परिसरमा खस्यो वा प्रहार गरियो,” युक्रेनका महाअभियोजकको कार्यालयले भनेको छ।

“उद्योग परिसरमा ठूलो आगो लाग्यो र विस्फोट सुरु भयो,” कार्यालयले जारी गरेको विज्ञप्तिमा थपिएको छ ।

अभियोजक कार्यालयले अनुसन्धान ‘उद्योगको परिसरमा विस्फोटक वस्तु र सामग्री भण्डारणको वैधता’ र नाम नखुलाइएको मालिकसँग ‘आवश्यक अनुमति र स्वीकृति’ छ कि छैन भन्ने कुरामा केन्द्रित हुने बताएको छ ।

युक्रेनी प्रधानमन्त्री सर्गीए कोरेत्स्कीले जुलाईमा किएभ नजिक गोलाबारुद डिपोमा भएको अघिल्लो घातक आक्रमणपछि पनि अझै ‘पाठ’ नसिकिएको भन्दै विष्फोटक पदार्थ भण्डारण गर्ने निर्णय र घटनाप्रति दुःख व्यक्त गर्नुभयो ।

उक्त अनुसन्धानले आवासीय भवनहरूको नजिक हुने नियमहरू पालना नगरेको राज्यको स्वामित्व रहेको कम्पनीको यसमा गम्भीर कमजोरीहरू देखाएको थियो ।

“युक्रेनमा रूसले गरेको पूर्ण स्तरको आक्रमणको पाँचौँ वर्षमा बारम्बार उही गल्ती गर्नु आपराधिक लापरवाही हो,” उहाँले टेलिग्राममा भन्नुभयो ।

उहाँले भन्नुभयो, “यसमा कुनै अपवादबिना सबै जिम्मेवार व्यक्तिले कडा सजायको सामना गर्नुपर्छ ताकि यस्ता अवस्थाहरू फेरि कहिल्यै हुनेछैनन् । ”

युक्रेनी वायुसेनाका अनुसार रुसले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म युक्रेनमाथि कम्तीमा दुई मिसाइल र २६७ ड्रोन प्रहार गरेको थियो।

शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी
गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो
जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’
भोटेकोशी बाढीः ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार

भर्खरै

  • १.
    सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • २.
    गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

  • ३.
    जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

  • ४.
    सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

  • ५.
    ‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

  • ६.
    भोटेकोशी बाढीः ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार

  • ७.
    किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

  • ८.
    बड्का भलमन्साको विलाप !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.