काठमाडौं । सौन्दर्य प्रतियोगिता आयोजना गरी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध जाहेरी दर्ता भएको छ । पीडित युवतीले पाण्डेविरुद्ध जाहेरी दिएकी हुन् ।
Advertisement
सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसार जाहेरी दिएकी हुन् ।
पीडित युवतीको बयान प्रमाणित गराएर जाहेरी लिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरी तत्कालीन अवस्थामा १६ वर्ष पुगेकी युवतीलाई बलात्कार गरेका थिए ।
पाण्डेलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।