• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति

मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्डकी एक वर्षे कान्छी प्रधानमन्त्री !

राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

भारतमा आगलागी र भागदौडमा १५ हिन्दू भक्तजनको मृत्यु

लोकप्रिय समाचार

  • १. साइकलको पांग्रासँगै जाग्दैछ सुदूरपश्चिम : ‘ओल्के हेरिटेज’ले फैलाउँदै स्वास्थ्य, पर्यावरण र पर्यटनको सन्देश

  • २. राशिफल : वृश्‍चिक- पठनपाठनमा प्रगति, मकर- पुरुषार्थ

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, धनु- सहयोगीबाट लाभ

  • ४. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ५. राशिफल : वृष- सामाजिक प्रतिष्‍ठा, सिंह- सुखद समाचार

  • ६. राशिफल : कर्कट- नयाँ काम, मीन- मानसम्मान

  • ७. झटारो : रातो क्रान्तिको लाइन !

  • ८. राशिफल : मिथुन- दोहोरो लाभ, तुला- आतिथ्य सत्कार

  • ९. राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • १०. विश्व युवा दिवसमा NYEF कैलालीको रक्तदान, ३० पिन्ट रगत संकलन

विश्‍व घटना : थाइल्यान्डकी एक वर्षे कान्छी प्रधानमन्त्री !


    Avatar photo
मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

काठमाडौं- आज १८ अगस्ट। विश्‍व इतिहासका विभिन्‍न घटनाका कारण आजको दिन सम्झिइने गर्छ। प्रस्तुत छ, तीमध्ये केही परिघटनाको सारसंक्षेप।

Advertisement

– सन् १८७७- मंगलको चन्द्रमा फोबोसको खोजी

मंगलका दुईमध्ये एक चन्द्रमा फोबोस सन् १८७७ मा आजकै दिन पत्ता लागेको थियो। अमेरिकी खगोलशास्त्री आसफ हलले यसको खोजी गरेका थिए। त्यसअघि हलले नै मंगल ग्रहको अर्को चन्द्रमा डेमोसको पनि खोजी गरेका थिए। फोबोसले मंगल ग्रहको सतहबाट ३७ सय माइल दूरिमा परिक्रमा गर्छ। हाम्रो सौर्य मण्डलमा आफ्नो ग्रहलाई सबैभन्दा नजिकको दूरीबाट परिक्रमा गर्ने चन्द्रमा हो, फोबोस। यसले ७ घण्टा ३९ मिनटमा मंगलको परिक्रममा गरिसक्छ।

– सन् १९२०- अमेरिकामा महिलालाई मताधिकार

आजभन्दा १०६ वर्षअघि अमेरिकामा महिलालाई सार्वभौम मताधिकार दिनेसम्बन्धी कानून कार्यान्वयनमा आएको थियो। आजकै दिन अमेरिकाको ३६ औं राज्यका रूपमा टेनेसीले त्यससम्बन्धी संविधान संशोधनलाई मात्र एक मतान्तरले मान्यता दिएको थियो। त्यससँगै महिलालाई मताधिकार दिन ७२ वर्षदेखि चलिरहेको संघर्षले सफलता प्राप्त गरेको थियो।

– सन् १९५८- विवादास्पद उपन्यास लोलिता प्रकाशित

६५ वर्षअघि आजकै दिन विवादास्पद उपन्यास ‘लोलिता’ प्रकाशन भएको थियो। रुसी-अमेरिकी साहित्यकार भ्लादिमिर नाबाकोभको यो उपन्यासमा वर्णित बाल यौन दुर्व्यवहारका कारण यसको सर्वाधिक आलोचना भएको थियो।

– सन् २००५- इन्डोनेसियामा बिजुली कटौतीको विश्‍व रेकर्ड

सन् २००५ मा इन्डोनेसियाका जाभा र बाली इलाकामा बिजुली कटौतीले रेकर्ड राखेको थियो। त्यसबाट १० करोड जनसंख्या प्रभावित भएको थियो। विश्‍व इतिहासमै यति ठूलो जनसंख्या बिजुली कटौतीको मारमा परेको यो पहिलो घटना थियो।

– सन् २०१७- ७२ वर्षपछि भेटियो समुद्रमा डुबेको पानीजहाज

सन् २०१७ मा आजकै दिन ७२ वर्षअघि समुद्रमा डुबेको अमेरिकी पानीजहाजको भग्‍नावशेष फेला परेको थियो। ‘यूएसएस इन्डियानापोलिस’ नामक उक्त पानीजहाज दोस्रो विश्‍वयुद्धका दौरान जापानी आक्रमणमा परी प्रशान्त महासागरमा डुबेको थियो।

– सन् २०१८- ३२ सय वर्ष पुरानो चिज

सन् २०१८ मा आजकै दिन इजिप्‍टमा ३२ सय वर्ष पुरानो चिज फेला परेको थियो। त्यसका आधारमा पुरातत्त्वविदहरूले प्राचीन ग्रिसमै चिज खाने प्रचलन रहेको पुष्‍टि गरेका थिए। उक्त चिज मेम्फिसका मेयर ताहम्सको चिहानमा फेला परेको थियो।

– सन् २०१९- हङकङमा १७ लाखको प्रदर्शन

सन् २०१९ मा आजकै दिन हङकङमा १७ लाख मानिसले प्रजातान्त्रिक व्यवस्थाका पक्षमा प्रदर्शन गरेका थिए। उक्त शान्तिपूर्ण प्रदर्शनमा त्यहाँका एक चौथाइ मानिस सहभागी भएका थिए।

– सन् २०२४- थाइल्यान्डमा सबैभन्दा कम उमेरकी प्रधानमन्त्री

सन् २०२४ मा आजकै दिन थाइल्यान्डमा हालसम्मकी सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा पेटोनटान सिनाबात्राले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी थिइन्। उनी ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन्। उनी ठ्याक्कै एक वर्ष त्यहाँकी प्रधानमन्त्री रहिन्।

– सन् २०२५- नर्वेको राजपरिवारका सदस्य बलात्कारमा दोषी

नर्वेका राजकुमार मारियस बोर्ग होल्बीका छोरालाई आजकै दिन बलात्कार र घरेलु हिंसामा दोषी ठहर गरिएको थियो। उनले ३२ वटा अपराध गरेको पुष्‍टि भएको थियो।

मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ
वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश
पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

भर्खरै

  • १.
    प्रधानमन्त्री शाहसँग भेट्दै भारतका प्रधानसेनापति

  • २.
    मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ४.
    विश्‍व घटना : थाइल्यान्डकी एक वर्षे कान्छी प्रधानमन्त्री !

  • ५.
    राशिफल : कर्कट- प्रतिष्‍ठा, मीन- पैत्रिक सम्पत्तिबाट लाभ

  • ६.
    वरिष्ठ पत्रकार श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

  • ७.
    पाकिस्तान : ‘स्क्याम सेन्टर’ मा छापा मार्दा २५८ विदेशी पक्राउ

  • ८.
    सङ्गमरमरको फोहोरमा पर्यटकको आकर्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.