• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

चिनियाँ ईभीको नयाँ गन्तव्य अफ्रिका

एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

नरभक्षी बाघलाई हालियो खोरमा

सर्पले डसेर महिलाको मृत्यु

झिनो अंकले बढ्यो नेप्से

खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

चक्कु प्रहार गरी मजदुरको हत्या

नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ५. राशिफल : वृष- व्यापारमा फाइदा, सिंह- आत्मीयजनसँग भेट

  • ६. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

चिनियाँ ईभीको नयाँ गन्तव्य अफ्रिका


    Avatar photo
बुधबार, साउन २७, २०८३ मा प्रकाशित

प्रिटोरिया- चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (ईभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ।

Advertisement

चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्‍याउन सक्छ। यद्यपि, कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा छन्।

जुलाईमा चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले दक्षिण अफ्रिकाको प्रिटोरियानजिकै रहेको निसानको पूर्वरोस्लिन कारखाना खरिद गरेको थियो। चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्डअन्तर्गत प्लग-इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ।

यो कदम अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनियाँ कम्पनीको बढ्दो रणनीतिको हिस्सा हो। यसअघि बेइजिङ अटोमोटिभ ग्रुप (बीएआइसी)ले दक्षिण अफ्रिकाको ग्केबेरामा उत्पादन तथा एसेम्बली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटरले पनि स्थानीय एसेम्बली र पार्टपुर्जा आपूर्ति गर्दै आएको छ। दिगो यातायात प्रबर्द्धन गर्ने दक्षिण अफ्रिकी संस्था ‘द इलेक्ट्रिक मिसन’का कार्यकारी निर्देशक हितेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताए।

विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केन्या, इथियोपिया र घाना चिनियाँ ईभी लगानीका लागि बढी सम्भावना भएका देश हुन्। औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत् पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ। मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्छ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले ब्याट्री आपूर्ति शृङ्खलालाई सहयोग पुर्‍याउन सक्छ।

स्थानीय उत्पादन बढेमा आयात शुल्क घट्नुका साथै चार्जिङ पूर्वाधार, पार्टपुर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढ्न सक्ने विश्लेषकको भनाइ छ। मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ।

तीव्र शहरीकरण, बढ्दो आम्दानी र चिनियाँ ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनियाँ अटोमेकरको बजार विस्तार भइरहेको छ। यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनियाँ ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन्। ‘जिरो कार्बन एनालिटिक्स’का ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसङ्ख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताए।

स्थानीय रूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने उनको भनाइ छ। ‘क्रसबाउन्डरी इनर्जी’का प्रबन्ध निर्देशक टोम्बो बान्डाका अनुसार चिनियाँ कारखानाले आन्तरिक बजारको मागभन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढिरहेका छन्। त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनियाँ कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प बन्न सक्ने उनले बताए।

सरकारी नीतिले ईभी उत्पादनलाई प्रोत्साहन अफ्रिकी मुलुकले ऊर्जा सुरक्षा र इन्धन आयात घटाउने उद्देश्यले यातायातसम्बन्धी नीति परिवर्तन गर्न थालेका छन्। अफ्रिकी सङ्घले अपनाएको ‘हरित खनिज रणनीति’ले महत्वपूर्ण खनिजको स्थानीय प्रशोधनलाई प्राथमिकता दिएको छ, जसबाट विद्युतीय सवारीको ब्याट्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

इथियोपियाले जीवाश्म इन्धनबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदै स्वदेशमै एसेम्बल गरिएका विद्युतीय सवारीमा कम आयात शुल्क लगाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ। दक्षिण अफ्रिकाले भने विद्युतीय तथा हाइड्रोजनबाट चल्ने सवारी उत्पादनमा लगानी आकर्षित गर्न भन्सार छुट, उत्पादनमा आधारित कर सहुलियत, प्रत्यक्ष नगद लगानी र कर छुटलगायतका प्रोत्साहन उपलब्ध गराउँदै आएको छ।

परमारका अनुसार चिनियाँ तथा अन्य एसियाली अटोमेकरको रणनीतिमा उल्लेखनीय परिवर्तन आएको छ। उनीहरू सवारी आयातमा मात्र निर्भर नरही स्थानीय एसेम्बल र उत्पादनतर्फ अघि बढिरहेका छन्। बान्डाले अफ्रिका अब आयातित सवारी साधनको बजारमा मात्र सीमित नरही उत्पादन केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको बताए। उाका अनुसार अफ्रिकी बजारमा दीर्घकालीन पहुँच चाहने कम्पनीले स्थानीयस्तरमै उत्पादन र मूल्य अभिवृद्धि गर्नुपर्नेछ।

दक्षिण अफ्रिका अग्रस्थानमा दक्षिण अफ्रिकासँग स्थापित सवारी उत्पादन उद्योग, दक्ष जनशक्ति र निर्यात बजार भएकाले विद्युतीय सवारी उत्पादन विस्तारका लागि ऊ अग्रस्थानमा रहेको बान्डाको भनाइ छ । रोस्लिनजस्ता विद्यमान कारखानालाई नयाँ प्रविधिअनुसार परिमार्जन गर्न सकिने भएकाले नयाँ कारखाना निर्माणभन्दा कम समय र लगानीमा उत्पादन शुरु गर्न सकिने उनले बताए।

यद्यपि, पेट्रोल तथा डिजेलबाट चल्ने सवारी उत्पादनका लागि बनाइएका कारखानालाई विद्युतीय सवारी उत्पादनमा रूपान्तरण गर्नु जटिल हुने उनले बताए। लगानी आकर्षित गर्न कर, भन्सार तथा औद्योगिक नीतिमा दीर्घकालीन स्थिरता आवश्यक पर्ने उनको भनाइ छ।

भरपर्दो विद्युत् आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारबिना विद्युतीय सवारीको विस्तार कठिन हुने बान्डाले बताए। उनका अनुसार ईभी उत्पादन र प्रयोग विस्तारका लागि स्वच्छ, भरपर्दो तथा किफायती विद्युत् र पर्याप्त चार्जिङ संरचना आवश्यक छ।

बुधबार, साउन २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
नरभक्षी बाघलाई हालियो खोरमा
सर्पले डसेर महिलाको मृत्यु
झिनो अंकले बढ्यो नेप्से
खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

भर्खरै

  • १.
    कङ्गोमा इबोला भाइरसबाट मृत्यु सङ्ख्या दुई हजार नाघ्यो चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि

  • २.
    चिनियाँ ईभीको नयाँ गन्तव्य अफ्रिका

  • ३.
    एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा

  • ४.
    नरभक्षी बाघलाई हालियो खोरमा

  • ५.
    सर्पले डसेर महिलाको मृत्यु

  • ६.
    झिनो अंकले बढ्यो नेप्से

  • ७.
    खोलामा हराएका २ बालबालिकाको शव फेला, १ अझै बेपत्ता

  • ८.
    चक्कु प्रहार गरी मजदुरको हत्या

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.