कर्णाली- सर्पले डस्दा सुर्खेत चौकुने गाउँपालिका-१० चालिखेकी एक महिलाको मृत्यु भएको छ।
Advertisement
सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो। आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो।
उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएकी कामीको जाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका डीएसपी कविन्द्रसिंह बोहोराले जानकारी दिए।
चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर टाढा छ।