• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

    Avatar photo
मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

आदिस अबाबा- इथियोपियाको उत्तरी अम्हारा क्षेत्रमा रहेको एक अर्थोडक्स मठमाथि भारी वर्षापछि आएको भूस्खलन हुँदा प्रार्थनामा सहभागी १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । स्थानीय धार्मिक अधिकारीहरूले मृतकको सङ्ख्या अन्तिम भएको बताएका छन् ।

Advertisement

डायोसिस प्रमुख मेगाबे हादिस नेका तिबेब अबाबूका अनुसार राजधानी आदिस अबाबाबाट करिब २०० किलोमिटर उत्तरपूर्वमा पर्ने सेला डिङ्गे क्षेत्रमा सोमबार बिहान रातभर परेको मुसलधारे वर्षा, चट्याङ र गर्जनपछि भूस्खलन भएको हो ।

उहाँका अनुसार चट्टानसहितको माटो पहाडबाट खसेर साद्काने मरियम अर्थोडक्स मठको केही भाग पुरिएको थियो । त्यस क्रममा मठभित्र प्रार्थना गरिरहेका १४ जना उपासकको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेमध्ये तीन जनालाई गम्भीर अवस्थामा डेब्रे बिरहान अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको पनि उपचार भइरहेको छ ।

सेला डिङ्गे पर्ने उत्तरी शेवा क्षेत्रका स्थानीय प्रशासनले पनि सोमबार १४ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनालाई भूकम्पसँगै आएको आकस्मिक भूस्खलनको परिणाम भनेको छ । यद्यपि घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी छ ।

करिब १३ करोड जनसङ्ख्या रहेको इथियोपियामा जुनदेखि सेप्टेम्बरसम्म लामो वर्षायाम रहने भएकाले यस अवधिमा बाढी र भूस्खलनजस्ता विपद्का घटना बारम्बार हुने गर्छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने ठूलो जनसङ्ख्या भएकाले यस्ता प्राकृतिक प्रकोपबाट मानवीय क्षति पनि बढी हुने गरेको छ ।

गत जुलाई २०२४ मा इथियोपियाको दक्षिणी क्षेत्रमा आएको भूस्खलनमा कम्तीमा २५७ जनाको मृत्यु भएको थियो भने यसै वर्ष मार्चमा सोही क्षेत्रमा बाढी र भूस्खलनका कारण ८० जनाले ज्यान गुमाएका थिए ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते
युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

भर्खरै

  • १.
    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

  • २.
    मस्कोमा ड्रोन आक्रमण, पाँचको मृत्यु, छ घाइते

  • ३.
    युगान्डामा सडक दुर्घटना, १४ जनाको मृत्यु

  • ४.
    इथियोपियामा मठमाथि भूस्खलन, १४ जनाको मृत्यु

  • ५.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

  • ६.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • ७.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ८.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.