• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता


    Avatar photo
सोमबार, साउन १८, २०८३ मा प्रकाशित

सुराबाया- इन्डोनेसियाको जाभा टापुनजिक आइतबार यात्रुवाहक फेरिमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । उद्धारकर्मी तथा घटनास्थल आसपास रहेका जहाजहरूले २२७ यात्रु र चालक दलका सदस्यको उद्धार गरेका छन् ।

Advertisement

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास)का अनुसार ‘मुतियारा सेन्टोसा–२’ फेरि पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । सुमेनेप जलक्षेत्रमा बिहान ६ः०० देखि ७ः०० बजेको बीचमा आगलागी हुँदा फेरिमा २३२ यात्रु, ३९ चालक दलका सदस्य तथा १८१ सवारीसाधन, जसमा अधिकांश ट्रक र एउटा एक्साभेटर थिए ।

बासारनासका अनुसार फेरि सञ्चालक कम्पनी ‘पीटी एटोसिसम लाम्पुङ पेलायारन’ले घटनाको करिब एक घण्टापछि सुराबाया खोज तथा उद्धार कार्यालयलाई जानकारी गराएको थियो । कम्पनीले कप्तानबाट मादुरा टापुको उत्तरी क्षेत्रमा जहाजमा आगलागी भएको सूचना प्राप्त गरे पनि त्यसपछि सम्पर्क विच्छेद भएको जनाएको छ ।

अधिकारीले बिहान ९ः४५ बजे फेरिलाई बुरुआन सापुडी टापुभन्दा करिब १९ नटिकल माइल उत्तरमा रहेको पत्ता लगाएका थिए । ज्वलनशील पदार्थ बोकेको ‘मेराटस प्रोजेक्ट–३’ कार्गो जहाजले घटनास्थलबारे जानकारी गराए पनि सुरक्षा जोखिमका कारण आगलागी भएको फेरिनजिक पुग्न सकेन ।

राष्ट्रिय खोज तथा उद्धार निकायले सार्वजनिक गरेको भिडियोमा फेरिबाट बाक्लो कालो धुवाँ निस्किएको र जहाजको ठूलो भाग आगोले ढाकिएको देखिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा लाइफ ज्याकेट लगाएका यात्रु उद्धारको प्रतीक्षामा डेकमा भेला भएको तथा केही यात्रु समुद्रमा हामफालेको देखिन्छ ।

विज्ञप्तिअनुसार बिहान १० बजेनजिक एउटा टगबोट र त्यस क्षेत्रबाट गुज्रिरहेका अन्य जहाज घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए ।आइतबार साँझसम्म पाँच जनाको शव फेला परेको, २२७ जनाको उद्धार गरिएको र ३९ जना अझै बेपत्ता रहेको बासारनासले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

उद्धार गरिएका यात्रुमध्ये अहमद अब्दुल करिमले तल्लो सवारी डेकमा रहेको एउटा ट्रकबाट आगो सुरु भएको बताउनुभयो । उहाँका अनुसार आगलागी सुरु भएको केही समयमै आगो तीव्र हावाका कारण तीव्र गतिमा फैलिएको थियो र ३० मिनेटभन्दा कम समयमै सबै यात्रुलाई जहाजको अगाडिको भागमा जान निर्देशन दिइएको थियो ।

खोज तथा उद्धार टोलीले सुराबायाबाट उद्धार जहाज परिचालन गरेको भए पनि घटनास्थल पुग्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको थियो । सुमेनेपबाट पठाइएको एउटा उद्धार डुङ्गा खराब मौसम र उच्च छालका कारण बीचैबाट फर्किएको थियो । उद्धार कार्यमा सहयोगका लागि इन्डोनेसियाली नौसेनाले युद्धपोत पनि परिचालन गरेको थियो ।

सन् १९९२ मा जापानमा निर्माण भएको १६० मिटर लामो उक्त फेरि सन् २०१५ मा इन्डोनेसियालाई बिक्री गरिएको थियो । यसअघि ‘फेरी ओसाका’ नामबाट जापानको ओसाका–शिनमोजी रुटमा सञ्चालनमा रहेको जहाज हाल सुराबाया–मकासार रुटमा यात्रु तथा मालवाहक सेवामा प्रयोग हुँदै आएको छ ।

सत्र हजारभन्दा बढी टापु रहेको इन्डोनेसियामा जलयात्रा प्रमुख यातायातको माध्यम हो । तर कमजोर सुरक्षा मापदण्डका कारण त्यहाँ बेला–बेलामा यस्ता समुद्री दुर्घटना हुने गरेका छन् ।

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

  • २.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • ३.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ४.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ५.
    फरार प्रतिवादी पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.