काठमाडौं- कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
Advertisement
आज दिउँसो ललितपुरस्थित हेलियस अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि उपचाररत थिए।
८३ वर्षका उनी पूर्व उपप्रधान तथा शिक्षा, वन तथा भूसंरक्षण, उद्योग र भौतिक योजना तथा निर्माण मन्त्री हुन्। उनी कांग्रेसको उपसभापति पनि बनेका थिए।
तीन छोरा र ६ छोरीका पिता उनको भोलि बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने परिवार स्रोतले जनाएको छ।