• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

आज सुनचाँदीकोे मूल्यमा ओरालो

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

सर्पदंशको बढ्दो सन्त्रास

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी


    Avatar photo
मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित

रावलकोट- पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

Advertisement

सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले प्रदर्शनकारीहरूको काफिला (सवारी) चिनार चोक हुँदै मकबूल भट शहीद चोक पुग्ने क्रममा सुरक्षा बलले गोली चलाएको आरोप लगाउनुभएको छ । उहाँका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि हुनुहुन्छ । अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागी रहेको उहाँको दाबी छ ।

उहाँले करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको बताउँदै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गर्नुभयो । उहाँले पाकिस्तानी दूतावास तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष विरोध जनाउन र आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्न अपिल गर्नुभयो ।

असलमले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको दाबी गर्दै सञ्चारमा समस्या भएकाले आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार आन्दोलनकारीहरूले पहिलो रात मकबूल भट शहीद चोकमा बिताउनेछन् ।

अर्का एक प्रत्यक्षदर्शीले प्रदर्शनकारीहरू सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा रावलकोटको चाँदनी चोक पुगेको दाबी गर्दै उनीहरूमाथि बल प्रयोग गरिएको आरोप लगाउनुभयो । उहाँले आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना अधिकारका लागि भएको दाबी गर्दै सुरक्षा बललाई पछि हट्न आग्रह गर्नुभयो ।

ती प्रत्यक्षदर्शीले पनि क्षेत्रमा पूर्ण सञ्चार अवरोध गरिएको दाबी गर्दै विदेशमा रहेका कश्मीरी समुदायलाई आन्दोलनको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन अनुरोध गर्नुभयो ।

गोली चलाइएको, १४ जनाको मृत्यु भएको तथा अन्य आरोपहरू आन्दोलनसँग सम्बद्ध प्रत्यक्षदर्शीहरूको दाबीमा आधारित छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूबाट समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

मङ्गलबार, साउन १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
आज सुनचाँदीकोे मूल्यमा ओरालो
सर्पदंशको बढ्दो सन्त्रास
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • २.
    आज सुनचाँदीकोे मूल्यमा ओरालो

  • ३.
    रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

  • ४.
    सर्पदंशको बढ्दो सन्त्रास

  • ५.
    पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

  • ६.
    पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.