मनसुन शुरु हुनुअघि भारतका केही राज्यमा मेघगर्जन र वर्षाले विनाशको रूपमा लिएको छ।
Advertisement
बिहार, आसाम र कर्नाटक राज्यमा चट्याङ र बाढीका कारण ५७ जनाको ज्यान गएको छ। भारतीय मौसम पूर्वानुमान महाशाखाले २१-२४ मेसम्म धेरै राज्यमा वर्षा हुने अनुमान गरेको छ।
साथै, २३ मेमा भारी वर्षा हुने चेतावनी महाशाखाले दिइएको छ। बाढीका कारण सबैभन्दा बढी आसामको अवस्था खराब छ। यहाँ ब्रह्मपुत्रमा आएको बाढी र त्यसको छेउमा बग्ने खोलाले विनाश निम्त्याउँदा सयौं गाउँलेले मृत्युवरण गरेका छन्।
यससँगै बाढीबाट ७ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। बाढीले यहाँको बाली पनि नष्ट गरेको छ। आसाममा ५ सयभन्दा बढी मानिस रेलवे ट्रयाकमा बस्न बाध्य छन्।
बिहारमा चट्याङबाट सबैभन्दा बढी ३३ जनाको मृत्यु भएको छ। यससँगै कर्नाटकमा पनि नौजनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।