• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : तालिबान नेताविरुद्ध आईसीसीको एरेस्ट वारेन्ट


    Avatar photo
बुधबार, असार २४, २०८३ मा प्रकाशित

काठमाडौं- आज ८ जुलाई। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९९४- किम जोङ-इल उत्तर कोरियाका सर्वोच्च नेता

उत्तर कोरियाका नेता किम इल-सुङको निधनपछि उनका छोरा किम जोङ-इल आजकै दिन उत्तर कोरियाका सर्वोच्च नेता नियुक्त भएका थिए। उनलाई ‘डियर लिडर’को उपनाम दिइएको थियो। सन् २०११ मा निधन हुनु अघिसम्म उनी उत्तर कोरियाका सर्वोच्च नेता रहेन। उनको निधनपछि हाल उनकै छोरा किम जोङ-उन उत्तर कोरियाका सर्वोच्च नेता छन्। उनका बाबु किम इल-सुङकै जस्ता किम जोङ-इलको शासनकालमा पनि उत्तर कोरियामा व्यापक मानव अधिकार हननको आरोप लागेको थियो। उनका छोरा किम जोङ-उनको कार्यकालमा पनि उत्तर कोरिया तानाशाही शासनकै कारण बदनाम छ।

– सन् २००३- सुडानी विमान दुर्घटनामा मारिए ११६

सन् २००३ मा आजकै दिन सुडान एयरवेजको फ्लाइट-१३९ दुर्घटनामा ११६ जना मारिएका थिए। दुर्घटनामा बाँचेका २ वर्षे बालकको पनि उपचार क्रममा मृत्यु भएको थियो। बोइङ-७३७ विमान पोर्ट सुडानबाट राजधानी खार्तुमका लागि उडेको करिब १५ मिनटपछि दुर्घटनामा परेको थियो। विमानको एक इन्जिनमा बिजुली आपूर्ति बन्द भयो। र, विमानस्थलमा फर्किने क्रममा जमिनमा बजारियो।

– सन् २०११- स्पेस सटल एटलान्टिसको अन्तिम प्रक्षेपण

सन् २०११ मा आजकै दिन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेस सटल एटलान्टिसको अन्तिम प्रक्षेपण गरेको थियो। स्पेस सटल एटलान्टिस नासाको सर्वाधिक सफल अन्तरिक्ष अभियान थियो। र, ३० वर्षसम्म सोही नाममा अन्तरिक्ष यान पठाएको थियो। ‘एसटीएस-१३५’ नाम दिइएको अन्तिम यान एटलान्टिस अभियानको १३५औं उडान थियो।

– सन् २०२२- जापानी पूर्व प्रधानमन्त्री सिन्जो अबेको हत्या

जापानका पूर्व प्रधानमन्त्री सिन्जो अबेमाथि आजकै दिन गोली प्रहार भएको थियो। नारा शहरमा एक सभालाई सम्बोधन गरिरहेका उनीमाथि ४१ वर्षका तेत्सुवा यामागामीले गोली प्रहार गरेका थिए। नारा मेडिकल युनिभर्सिटीको कासिहारा अस्पतालमा उपचार क्रममा उनको निधन भएको थियो।

– सन् २०२४- युक्रेनी बाल अस्पतालमा रुसी आक्रमण

सन् २०२४ मा आजकै दिन रुसले युक्रेनको राजधानी किभस्थित बाल अस्पतालमा मिसाइल आक्रमण गरेको थियो। युक्रेनकै ठूलो बाल अस्पतालमा खसेको रुसी मिसाइलका कारण ३१ जनाको ज्यान गएको थियो भने अन्य डेढ सयजना घाइते भएका थिए।

– सन् २०२५- बुल्गेरिया पनि युरोमा

सन् २०२५ मा आजकै दिन युरोपियन संसद र परिषदले बुल्गेरियालाई युरोपको साझा मुद्रा युरोलाई आधिकारिक मुद्रा बनाउन स्वीकृति दिएका थिए। सोहीअनुसार १ जनवरी २०२६ देखि बुल्गेरियाको मुद्रा लेभलाई युरोले प्रतिस्थापन गरेको थियो।

– सन् २०२५- तालिबान नेताविरुद्ध आईसीसीको एरेस्ट वारेन्ट

सन् २०२५ मा आजकै दिन अन्तर्राष्‍ट्रीय फौजदारी अदालत (आईसीसी)ले तालिबानका नेता हिबतुल्लाह अखुन्दाजाविरुद्ध पक्राउ आदेश जारी गरेको थियो। बालबालिका, महिला र लैंगिक अल्पसंख्यकहरू माथि अत्याचार गरेको अभियोगमा उनीविरुद्ध एरेस्ट वारेन्ट जारी गरिएको थियो।

बुधबार, असार २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
गोलबजारमा गोली लागेर एकको मृत्यु
सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

भर्खरै

  • १.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • २.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ३.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ४.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ५.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

  • ६.
    सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

  • ७.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • ८.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.