• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

राष्ट्रपतिसँग सभामुखको भेट

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रुसी आक्रमणमा आठ जनाको मृत्यु


    Avatar photo
बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

किएभ- रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टामै यी आक्रमण भएका हुन् ।

Advertisement

स्थानीय अधिकारीहरूका अनुसार मध्य युक्रेनको क्रिभी रिह नजिकैको एक गाउँमा ब्यालिस्टिक क्षेप्यास्त्र घरमा खस्दा चार जना वयस्क र पाँच तथा १२ वर्षका दुई बालिकासहित छ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् । क्रिभी रिह रक्षा परिषद्ले भग्नावशेष हटाउने काम जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ ।

पूर्वी पोल्टावा क्षेत्रमा ड्रोन आक्रमणबाट गोदाममा कार्यरत एक जनाको मृत्यु भएको छ भने पश्चिमी सहर ल्भिभमा भएको अर्को आक्रमणमा कम्तीमा १५ जना घाइते भएका छन् ।

राजधानी किएभमा पनि रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । सहरको सैन्य प्रशासनका अनुसार एक जनाको मृत्यु भएको छ भने कम्तीमा दुई जना घाइते भएका छन् । राजधानीका मेयर भिटाली क्लिट्स्कोले सहरका विभिन्न जिल्लामा आगलागी भएको जानकारी दिँदै थप आक्रमणको जोखिम कायम रहेकाले नागरिकलाई सुरक्षित आश्रयस्थलमै बस्न आग्रह गर्नुभएको छ । किएभको पूर्वी क्षेत्रमा भएको अर्को आक्रमणमा थप पाँच जना घाइते भएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले बुधबार राति सामाजिक सञ्जाल एक्समार्फत रुसले ठूलो आक्रमणको तयारी गरिसकेको भन्दै देशभर हवाई आक्रमणको चेतावनीलाई गम्भीरतापूर्वक लिन नागरिकलाई आग्रह गर्नुभएको थियो । उहाँले युक्रेनका साझेदार राष्ट्रसँग हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक क्षेप्यास्त्र उपलब्ध गराइदिन पुनः अनुरोध पनि गर्नुभएको छ ।

जेलेन्स्कीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दै युक्रेनमै प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादन गर्ने सम्भावनाबारे छलफल गर्नुभएको थियो । उहाँका अनुसार ट्रम्पले प्याट्रियट प्रणाली उत्पादनसम्बन्धी अनुमति दिन सकारात्मक धारणा व्यक्त गर्नुभएको छ ।

किएभमा एएफपीका संवाददाताले हवाई आक्रमणको साइरनसँगै लगातार विस्फोटको आवाज सुनेका थिए । आपत्कालीन सेवाले सार्वजनिक गरेका तस्बिरमा अग्निनियन्त्रकहरूले क्षतिग्रस्त भवनमा लागेको आगो निभाउँदै र भग्नावशेषमा खोज तथा उद्धार गरिरहेको देखिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना अप्रिल २०२२ यताकै सबैभन्दा बढी सर्वसाधारणको ज्यान जाने महिना बनेको थियो । पछिल्ला महिनामा रुसले युक्रेनका विभिन्न सहरमा लामो दूरीका क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र बनाएको छ भने युक्रेनले पनि मस्कोलाई वार्ताको टेबलमा ल्याउने उद्देश्यले रुसभित्र जवाफी आक्रमण बढाएको छ ।

युक्रेनले हाल प्याट्रियट पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्रको अभाव सामना गरिरहेको छ । फेब्रुअरीमा इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि ती प्रणालीको विश्वव्यापी माग बढेकाले युक्रेनमा आपूर्ति झन् कठिन बनेको बताइएको छ । युक्रेनले रुसका बढ्दो ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण रोक्न प्याट्रियट प्रणालीलाई सबैभन्दा प्रभावकारी प्रतिरक्षा माध्यमका रूपमा लिएको छ ।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?
एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल
अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड
पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु
राष्ट्रपतिसँग सभामुखको भेट

भर्खरै

  • १.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • २.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

  • ३.
    रुसी आक्रमणमा आठ जनाको मृत्यु

  • ४.
    एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

  • ५.
    अन्तरराष्ट्रिय मित्रता दिवसःआपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

  • ६.
    पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

  • ७.
    राष्ट्रपतिसँग सभामुखको भेट

  • ८.
    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.