काठमाडौँ । मोरङको विराटनगर महानगरको प्रमुखमा गठबन्धन दलका नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् । उनले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका हुन् ।
Advertisement
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे ।
उपप्रमुखमा एमालेका शिल्पा निरौला कार्कीले २५ हजार ६८० मत प्राप्त गरी विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिस्पर्धी गठबन्धन दलका जनता समाजवादी पार्टी (जसपा) नेपालका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गरे । उनी जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।