• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

पपुवामा रहस्यमय विस्फोट, पाँचको मृत्यु


    Avatar photo
सोमबार, जेठ १८, २०८३ मा प्रकाशित

जकार्ता- इन्डोनेसियाको पूर्वी पपुवा क्षेत्रमा रहेको एक माछा मार्ने गाउँमा आइतबार भएको शक्तिशाली विस्फोटबाट कम्तीमा पाँच जनाको ज्यान गएको छ भने करिब २० जना घाइते भएका छन् । प्रहरीले यो विस्फोट दोस्रो विश्वयुद्धकालीन बाँकी रहेको बम वा मोर्टारका कारण भएको हुनसक्ने आशङ्का गरेको छ ।

Advertisement

स्थानीय समयानुसार आइतबार दिउँसो भएको विस्फोटले गाउँभर ठूलो त्रास फैलाएको थियो । कोम्पास टिभीले प्रसारण गरेको दृश्यमा विस्फोटसँगै ठूलो गर्जन सुनिएको, आगोको ठूलो मुस्लो उठेको र त्यसपछि बाक्लो धुवाँको बादल आकाशतर्फ फैलिएको देखिएको छ । विस्फोट यति शक्तिशाली थियो कि घटनास्थल वरपरका नौवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् ।

प्रहरीका अनुसार विस्फोट एउटा स्टिल्ट हाउस अर्थात् खम्बामाथि बनाइएको घरमुनि भएको थियो । प्रारम्भिक अनुसन्धानका आधारमा यसको स्रोत दोस्रो विश्वयुद्धताका प्रयोग भएको बम वा मोर्टार हुन सक्ने अनुमान गरिएको छ ।

पपुवा प्रहरीका प्रवक्ता काह्यो सुकार्निटोले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “विस्फोटको स्रोत दोस्रो विश्वयुद्धबाट बाँकी रहेको बम वा मोर्टार हुनसक्ने आशङ्का गरिएको छ ।”

घटनापछि खोज तथा उद्धार कार्य जारी रहे पनि अवस्था अझै स्पष्ट भइसकेको छैन । तीन जना अझै बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ । काह्योका अनुसार घटनास्थलबाट फेला परेका केही मानव अङ्गहरूको पहिचान प्रक्रिया पनि अझै पूरा हुन सकेको छैन ।

उहाँले कम्तीमा १९ जनालाई सामान्य चोटपटक लागेको र उनीहरूको उपचार भइरहेको जानकारी दिनुभयो । साथै, खोजी कार्य र अनुसन्धान सम्पन्न भएपछि थप विवरण सार्वजनिक गरिने पनि बताउनुभयो ।

“पीडितहरूको खोजी र अनुसन्धान प्रक्रिया पूरा भएपछि हामी थप जानकारी दिनेछौँ”, उहाँले भन्नुभयो ।

इन्डोनेसियामा विस्फोटसँग सम्बन्धित यस्ता घटनाहरू यसअघि पनि भएका छन् । गत वर्ष पश्चिम जाभा प्रान्तमा इन्डोनेसियाली सेनाले प्रयोगबाहिर रहेका हतियारहरू नष्ट गर्ने क्रममा खाडलभित्र विस्फोट गराउँदा १३ जनाको मृत्यु भएको थियो । मृतकमध्ये नौ जना सर्वसाधारण थिए ।

दोस्रो विश्वयुद्धका क्रममा इन्डोनेसिया एसियाको प्रमुख युद्धस्थलमध्ये एक बनेको थियो । त्यसबेला जापानी सेनाले डच इस्ट इन्डिजमाथि कब्जा गरेको थियो भने नियन्त्रण पुनः प्राप्त गर्न सहयोगी सेनाहरूले व्यापक सैन्य अभियान सञ्चालन गरेका थिए । त्यस समयका विस्फोटक सामग्री र सैन्य अवशेषका कारण दशकौँपछि पनि कतिपय क्षेत्रमा जोखिम कायम रहेको मानिन्छ ।
–––

सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ३.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ४.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ५.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ६.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ७.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ८.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.