• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !


    Avatar photo
सोमबार, साउन १८, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३ अगस्ट। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन संसारभर स्मरण गराउँछन्। प्रस्तुत छ, इतिहासमा आज भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६०- नाइजर फ्रान्सबाट स्वतन्त्र

पश्‍चिम अफ्रिकी मुलुक नाइजर आजकै दिन फ्रान्सको अधीनबाट स्वतन्त्र भएको थियो। उक्त मुलुक २०औं शताब्दीमा फ्रान्सको उपनिवेश बनेको थियो। स्वतन्त्रता प्राप्तिपछि हमानी डियोरी त्यहाँको पहिलो राष्‍ट्रपति बनेका थिए।

– सन् १९८१- अमेरिकाका १३ हजार एटीसी एकसाथ हडतालमा

सन् १९८१ मा आजकै दिन अमेरिकाका १३ हजार एयर ट्राफिक कन्ट्रोलरहरू एकसाथ हडतालमा उत्रिएका थिए। उनीहरूलाई काममा फर्काउन तत्कालीन राष्‍ट्रपति रोनाल्ड रेगनले जागिर खाइदिने धम्की दिनुपरेको थियो। उनले भनेका थिए, ‘यदि ४८ घण्टाभित्र काममा फर्किएको अभिलेख नदेखिएमा उनीहरूको जागिर जफत गरिने छ र कामबाट निकालिने छ।’

– सन् २००५- मौरिटानियामा सैन्य ‘कु’

सन् २००५ मा आजकै दिन उत्तर-पश्‍चिमी अफ्रिकी मुलुक मौरिटानियामा सैन्य ‘कु’ भएको थियो। त्यहाँको सेनाले लामो समयदेखि राष्‍ट्रपति रहेका माओयुया ओउल्ड सिदअहमद तायालाई सत्याच्युत गरेको थियो। कर्णेल इली ओउल्ड मोहमेद भालले सोही वर्ष सम्पन्‍न निर्वाचनसम्म संक्रमणकालीन सरकारको नेतृत्व गरेका थिए।

– सन् २०१९- अमेरिकामा आतंकवादी आक्रमण

सन् २०१९ मा आजकै दिन अमेरिकाको टेक्सासमा अमेरिकाकै आतंकवादी समूहले आक्रमण गरेको थियो। टेक्सासको एल पासोस्थित वालमार्ट स्टोरमा भएको उक्त आक्रमणमा २२ जनाको ज्यान गएको थियो भने २४ जना घाइते भएका थिए।

– सन् २०२२- काठको सर्वाधिक अग्लो भवन

सन् २०२२ मा आजकै दिन अमेरिकाको विस्कन्सिन राज्यको मिल्वौकीमा काठको हालसम्मकै अग्लो भवन निर्माण पूरा भएको थियो। २५ तलाको उक्त भवन ८६.६ मिटर अग्लो छ।

– सन् २०२२- मेक्सिकोमा चर्को खडेरी, दैनिक ९० लाख लिटर पानी वितरण

सन् २०२२ मा उत्तर अमेरिकी मुलुक मेक्सिकोमा चर्को खडेरी परेको थियो। मेक्सिकोको ४८ प्रतिशत भूभाग खडेरीको मारमा परेको थियो। खासगरी, खडेरीबाट सर्वाधिक प्रभावित मोन्टेरीका ४०० वटा ठाउँमा दैनिक ९० लाख लिटर पानी वितरण गर्नुपरेको थियो।

– सन् २०२३- डुंगा डुब्दा ३७ आप्रवासी मारिए

सन् २०२३ मा आजकै दिन इटालीको ल्याम्पेडुसा द्विप नजिक समुद्रमा डुंगा डुब्दा ३७ जना आप्रवासीको ज्यान गएको थियो। डुंगामा ४१ जना सवार थिए, तीमध्ये ४ जनालाई जीवितै उद्दार गरिएको थियो। उक्त डुंगामा आइभरी कोस्ट र गिनीका आप्रवासी सवार थिए।

– सन् २०२५- सिड्नीमा ३ लाख प्रदर्शनकारी !

सन् २०२५ मा आजकै दिन अस्ट्रेलियाको सिड्नीमा भेला भएका ३ लाख प्रदर्शनकारीले प्यालेस्टिनको पक्षमा संसारको ध्यानाकर्षण गराएका थिए। सिड्नी हार्बर ब्रिजमा भेला भएर उनीहरूले गाजामा तत्काल युद्धविराम गर्न आह्वान गरेका थिए। यो सिड्नीको इतिहासकै ठूलो प्रदर्शन थियो।

– सन् २०२५- रुसमा फुट्यो ज्वालामुखी

सन् २०२५ मा आजकै दिन रुसको कामाचट्का पेनिन्सुलामा ज्वालामुखी विष्फोट भएको थियो। क्रासेनिनिकोभ नाम दिइएको उक्त ज्वालामुखी ६ सय वर्षपछि पहिलोपटक विष्फोट भएको थियो। ज्वालामुखीका कारण त्यस क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो।

सोमबार, साउन १८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ३.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ४.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ५.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ६.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ७.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ८.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.