• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

लोकप्रिय समाचार

  • १. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने


    Avatar photo
आइतबार, जेठ १७, २०८३ मा प्रकाशित

काभ्रेपलाञ्चोक- बाढीपहिरोले बगाएका काभे्रपलाञ्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो ।

Advertisement

विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुङ्गे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन् । उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो ।

रोशी गाउँपालिका–३ स्थित नमोबुद्ध रोशी (पिपलटार सुँगुरेडाँडा झोलुङ्गे पुल, खाक्सी झोलु¬ङ्गे पुल, रोशी गाउँपालिका–११ स्थित माम्ती पिप्ले (लोङसाङ–कालढुङ्गा झोलुङ्गे पुल) र पिप्लेदोभान झोलुङ्गे पुल पुनर्निर्माणको लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको सहरी विकास मन्त्रलालयअन्र्तगतको सस्पेन्सन ब्रिज डिभिजनका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर प्रेमनारायण बस्यालले जानकारी दिनुभयो ।

सूचना अधिकारी बस्यालका अनुसार बाढीले क्षतिग्रस्त रोशी–९ स्थित नार्के झोलुङ्गे पुल र रोशी–७ स्थित कटुञ्जेबेँसी–१ युएस झोलुङ्गे पुल पुनर्निर्माणका लागि रु तीन करोडदेखि रु पाँच करोड ५० लाखसम्म स्रोत सुनिश्चित गरिएको छ । त्यसैगरी, वाग्मती नदीमा आएको बाढीले क्षति पुर्याएको काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका र मकवानपुर जोड्ने फार्सा झोलुङ्गे पुल पुनर्निर्माणको लागि पनि स्रोत सुनिश्चित भएको बताइएको छ ।

सूचना अधिकारी बस्यालका अनुसार स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का आह्वान गर्ने र बहुवर्षीय योजना भएकाले आगामी आवबाट पुल निर्माणको काम सुरु गरिने छ । पुल पुनर्निर्माणका क्रममा कहीँकतै जग्गा विवाद देखिए ती योजनालाई रोकेर अन्य योजनाको काम अघि बढाइने छ । स्रोत सुनिश्चित भएका झोलुङ्गे पुल पुनर्निर्माणको काम डेढ वर्षदेखि दुई वर्षभित्र गरिसक्ने डिभिजन कार्यालयले जनाएको छ ।

यसैबीच, विसं २०८१ असोज दोस्रो साताको बाढीले तेमाल गाउँपालिका र मङ्गलटार जोड्ने रोशी खोलाको फलामे पुल बगाएको र वर्षायामको समयमा बिपी राजमार्ग अवरुद्ध भएको अवस्थामा वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न रोशी खोलाकै मङ्गलटार र काल्धार जोड्ने बेलीब्रिज जडान गर्न काभे्रपलाञ्चोक प्रशासनले सडक विभागलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

उक्त बाढीले बिपी राजमार्गको करिब ३० किलोमिटर सडकसहित राजमार्गमा जोडिएका झोलुङ्गे पुललगायतका संरचनामा क्षति पुर्याएको थियो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीका कारण रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाबीच आवतजावत गर्न बनेका झोलुङ्गे पुलहरू पूर्ण रूपमा क्षति हुँदा स्थानीयले सास्ती व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार बाढीले झोलुङ्गे पुल बगाएपछि पुल आसपासका नागरिकले बर्खाअघि खोलामा फड्के हालेर आवतजावत गर्ने गरेका र हाल खोला बढेको समयमा एक घण्टा टाढा रहेको पक्की वा झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता रहेको छ ।

आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !
राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम
स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : सिड्नीमा ३ लाख प्रदर्शनकारी !

  • ३.
    राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ४.
    स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  • ५.
    इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

  • ६.
    अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प

  • ७.
    ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

  • ८.
    झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.