• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण


    Avatar photo
शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो ।

Advertisement

फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । बिहानदेखि साँझसम्म पर्यटकको घुइँचो लाग्ने गरेको शङ्करबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले बताउनुभयो ।

साथीहरूसँग शङकरबेली सिमसार घुम्न पुग्नुभएकी मोरङ बेलबारीका सरिता श्रेष्ठले पछिल्लो समय टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा यो स्थानको चर्चा भएको देखेपछि यहाँ आएको बताउनुभयो । “चारैतिर ढकमक्क फुलेका विभिन्न रङका फूलबीच फोटो खिच्न र भिडियो बनाउन पाउँदा रमाइलो लाग्यो”, उहाँले भन्नुभयो, “पोखरी वरिपरि फूलैफूलले ढाकिएको दृश्यले मनै प्रफुल्लित बनायो । सामाजिक सञ्जालमा देखे जस्तै सुन्दर र आकर्षित रहेछ । चारैतिर फुलेका फूल र हरियालीले भरिएको वातावरण यहाँ देखिन्छ ।”

‘शिरिष, पिङ्क सावरट्री’ अर्थात गुलाबी वर्षा रुख भनेर चिनिने फूल फुलेपछि यतिबेला शङ्करबेली सिमसार फोटो तथा भिडियो खिच्नेहरूको आकर्षक गन्तव्य बनेको छ । वैशाख अन्त्यदेखि फूल फुल्न सुरु भएपछि शङ्करबेली सिमसार आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

करिब १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा व्यवस्थित गर्दै पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गरिँदै आएको समितिका सदस्य तामाङले बताउनुभयो ।

जङ्गलभित्र रहेको सिमसारलाई सरसफाइ र व्यवस्थापन गरी पर्यटकमैत्री बनाइएको उहाँको भनाइ छ । विभिन्न प्रजातिका फूल फुलेपछि अहिले दैनिक दुई हजारदेखि तीन हजारसम्म पर्यटक आउने गरेका छन् भने शनिबार तथा सार्वजनिक बिदाका दिन पाँच हजारदेखि सात हजारसम्म पर्यटक घुम्न र फूल अवलोकन गर्न आउने गरेका उहाँले जानकारी दिनुभयो ।

शङ्करबेली सिमसार क्षेत्र वनभोजका लागि उपयुक्त स्थलका रूपमा परिचित छ । वनभोज खाने याममा यहाँ दैनिक १० हजारभन्दा बढी तथा बेमौसममा दैनिक १५० भन्दा बढी पर्यटक आउने गरेका सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईले बताउनुभयो ।

“वनभोजको याममा अत्यधिक भीड हुने भएकाले कहिलेकाही व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले मौसमी फूल फुलेपछि यहाँ आउने पर्यटकको भीड अझ बढेको छ ।” कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० गतेसम्मको अवधि मुख्य वनभोजको यामका रूपमा रहने गरेको उहाँले बताउनुभयो । वैशाख अन्त्यदेखि यहाँ शिरिषलगायत विभिन्न प्रजातिका फूल फुल्ने भएकाले त्यस समयमा पर्यटकको चाप बढ्ने गरेको उहाँको भनाइ छ ।

शङ्करबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्त मानिन्छ । सिमसार वरपर रहेका शिरिष, पिङ्क सावरट्री तथा गुलाबी क्यासिया प्रजातिका फूल वैशाखदेखि फुल्दा यस क्षेत्रको सौन्दर्य अझ बढेको र सोही समयमा पर्यटकको चापसमेत वृद्धि हुने समितिले जनाएको छ ।

एकैपटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको समितिका सदस्य तामाङले बताउनुभयो । उहाँका अनुसार प्रतिटोलीबाट रु ३०० देखि रु एक हजारसम्म शुल्क लिने गरिएको छ भने घुम्न आउने पर्यटकका लागि रु २० टिकट शुल्क तोकिएको छ । उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ ।

करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारबाट गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित रु दुई करोड बजेटबाट विभिन्न पूर्वाधार निर्माण गरिएको समितिका सदस्य तामाङले जानकारी दिनुभयो ।
उक्त बजेटबाट पर्यटकका लागि साना कटेज, बालबालिकाका लागि खेलमैदान (चिल्ड्रेन पार्क), पुल, करिब ३०० मिटर ग्राभेल सडक तथा आकर्षक प्रवेशद्वार निर्माण गरिएको उहाँले बताउनुभयो ।

सिमसारभित्र रहेको आकर्षक पोखरीमा पर्यटकले बोटिङको सुविधासमेत पाउने छन् । सोही पोखरीको बीच भागमा रामधुनी नगरपालिकाको सहयोगमा करिब रु एक लाख ५० हजार लागतमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ संरचनाले सिमसारको आकर्षण थप बढाएको उहाँको भनाइ छ ।

यहाँ दैनिक रूपमा धरान, इटहरी, विराटनगर, झापा, उदयपुरलगायत भारतबाट पर्यटक घुम्न आउने गरेका छन् । रामधुनी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७३/७४ मा ज्येष्ठ नागरिक कार्यक्रमअन्तर्गत उपलब्ध बजेटबाट सिमसारभित्र खरले छाएका टहरा निर्माण गरिएको थियो । ती संरचनाले सिमसार क्षेत्रको सौन्दर्य थप वृद्धि गरेको समितिको भनाइ छ ।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.