• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : क्यानाडामा डढेलो संकटकाल !


    Avatar photo
शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित

काठमाडौं- आज २९ मे। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९५३- हिलारी-तेन्जिङले चुमे सगरमाथा शिखर

सन् १९५३ मा आजकै दिन एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक मानव पाइला टेकेका थिए। विश्‍वको सर्वोच्च शिखरमा पुगेर उनीहरूले विजय ध्वज फहराएका थिए। उनीहरूले सगरमाथा विजय गर्नु ३ दिनअघि ब्रिटिस पर्वतारोहीद्वय टोम बर्डिलन र चार्ल्स इभान्स चुचुरोभन्दा १०० मिटर मुनिसम्म पुगेर फर्केका थिए।

– सन् १९९०- पेरु भूकम्पमा २०० को मृत्यु

सन् १९९० मा आजकै दिन दक्षिण अमेरिकी मुलुक पेरुमा गएको भूकम्पमा परी २०० जना मारिएका थिए। ५.८ रेक्टर स्केलको भूकम्पमा १५ सयभन्दा बढी घाइते र २ हजार घरबारविहीन भएका थिए।

– सन् २०१५- भारतमा ‘लू’बाट गयो १८०० को ज्यान

सन् २०१५ मा यही समयमा भारतका तेलंगना र आन्ध्र प्रदेशमा चलेको तातो हावा ‘लू’मा परी १ हजार ८०० जनाको ज्यान गएको थियो। एक साताभित्र दुई राज्यमा त्यति ठूलो हताहती भएको थियो।

– सन् २०१८- गर्मीले पाकिस्तानमा मारिए ६५ जना

सन् २०१८ मा आजकै दिन पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६५ जनाले ज्यान गुमाएका थिए। पाकिस्तानी शहर कराँचीमा ११० डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

– सन् २०१८- समुद्री आँधीमा मारिए ४ हजार ६००

क्यारिबियन महासागरको टापु मुलुक पोर्टो रिकोमा आएको समुद्री आँधी मारियामा परी ४ हजार ६०० जनाको ज्यान गएको तथ्यांक हार्भर्ड युनिभर्सिटीले सार्वजनिक गरेको थियो। उक्त आँकडा त्यहाँको सरकारले सार्वजनिक गरेभन्दा ७० गुणा बढी थियो।

– सन् २०२२- ब्राजिलमा वर्षा र पहिरोले लियो ७९ को ज्यान

सन् २०२२ मा आजकै दिन दक्षिण अमेरिकी मुलुक ब्राजिलमा वर्षा, बाढी र पहिरोमा परी ७९ जनाले ज्यान गुमाएका थिए। त्यस क्रममा हराएका ५६ जना कहिल्यै भेटिएनन्। उत्तरपूर्वी प्रान्त पर्नाम्बुको सबैभन्दा बढी प्रभावित भएको थियो।

– सन् २०२४- भारतमा ५२.३ डिग्री तापक्रम

सन् २०२४ मा आजकै दिन भारतमा ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो। भारतका उत्तरी र मध्य क्षेत्रमा अत्यधिक गर्मी रेकर्ड गरिएको थियो। साँझपख ४९ डिग्री सेल्सियसमा तापक्रम झरेको थियो। अत्यधिक गर्मीका कारण तातो हावा ‘लू’ चलेको थियो।

– सन् २०२५- आगलागीबाट बच्‍न क्यानाडामा संकटकाल घोषणा

सन् २०२५ मा आजकै दिन आगलागीबाट मानिस र घरपालुवा जनावर जोगाउन क्यानाडाका २ प्रान्तमा संकटकाल घोषणा गरिएको थियो। मानितोवा र सुस्काचुवान प्रान्तमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएपछि संकटकाल घोषणा गर्नुपरेको थियो। डढेलो १५ लाख ५६ हजार हेक्टरमा फैलिएको थियो। करिब १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

भर्खरै

  • १.
    झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

  • २.
    सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

  • ३.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • ४.
    फरार प्रतिवादी पक्राउ

  • ५.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ६.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ७.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.