ललितपुर । जिल्लाको बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् ।
Advertisement
लोप्चनले चार हजार ९०९ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत ल्याए । गाउँपालिका उपााध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले चार हजार ६९२ मत ल्याएर विजयी भए । नेकपा एमालेका नमूना दोङले तीन हजार ७०० मत ल्याए ।
पालिकाका सात वडामध्ये पाँच वडामा कांग्रेस र एक वडामा एमाले र एक वडामा माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका थिए ।