इलाम । जिल्लाको इलाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार ३० वर्षपछि विजयी भएका छन् । नगर प्रमुखमा केदार थापाले १३ हजार ११५ मतसहित विजयी हुँदै तीन दशकपछि कांग्रेसको विरासत फर्काएका हुन् ।
Advertisement
उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय भइन् । उनले १३ हजार ५४२ मत पाएकी छन् ।
मेयरमा नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याउँदै पराजित भए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत पाइन् ।
२०४९ सालको स्थानीय निर्वाचनपछि उक्त नगरपालिकामा कांग्रेसले जित्न सकेको थिएन ।