• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

विश्‍व घटना : बोइङ-७३७ म्याक्समाथि प्रतिबन्ध


    Avatar photo
शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित

काठमाडौं- आज १३ मार्च। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍व चर्चित केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १७८१- अरुण ग्रह फेला

सन् १७८१ मा आजकै दिन हाम्रो सौर्यमण्डलको अरुण ग्रह (युरानस) पत्ता लागेको थियो। जर्मनीमा जन्मेका ब्रिटिस खगोलशास्त्री विलियम हर्स्चेलले उक्त ग्रह पत्ता लगाएका थिए। यो हाम्रो सौर्यमण्डलको तेस्रो ठूलो ग्रह हो।

– सन् १९४३- जर्मन सैनिकहरूले क्राकोमा गरे हजारौं यहुदीको हत्या

सन् १९४३ मा आजकै दिन जर्मनीको सेनाले क्राकोस्थित यहुदी बस्तीमा हजारौं निहत्था सर्वसाधारणको हत्या गरेको थियो। उक्त त्रासद घटनालाई फिल्म ‘सिन्डलर्स लिस्ट’मा दर्साइएको छ।

– सन् १९९६- स्कटल्यान्डमा विद्यार्थी र शिक्षकको नरसंहार

सन् १९९६ मा आजकै दिन स्कटल्यान्डको डनब्लेनमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा स्कुले बालबालिका र शिक्षक-शिक्षिका गरी १६ जनाको ज्यान लिएका थिए। उनीहरूको हत्यापछि बन्दुकधारीले पनि आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका थिए। यस घटनापछि बन्दुक राख्‍न पाउनेसम्बन्धी ब्रिटिस कानूनमा ठूलो परिवर्तन आएको थियो।

– सन् १९९७- एरिजोनामा देखिए अज्ञात चम्किला वस्तुको शृंखला

सन् १९९७ मा आजकै दिन अमेरिकाको एरिजोनास्थित फिनिक्सको आकाशमा अज्ञात चम्किला वस्तुहरूको शृंखला देखिएका थिए। ‘फिनिक्स लाइट्स’ नाम दिइएको उक्त घटनाले उडन तस्तरी (यूएफओ)सम्बन्धमा गरमागरम बहसको रूप पाएको थियो। तथापि, त्यसपछि भएका अनुसन्धानले अमेरिकी विमानबाट गिराइएका प्रकाशलाई त्यसको कारक भएको बताएका थिए।

– सन् २०१२- बंगलादेशी फेरी दुर्घटनामा ११० को मृत्यु

सन् २०१२ मा आजकै दिन भएको फेरी (डुंगा) दुर्घटनामा परी ११० जनाले ज्यान गुमाएका थिए। यात्रीवाहक फेरी इन्धन बोकेको पानीजहाजमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। घटना बंगलादेशको राजधानी ढाका नजिकै भएको थियो।

– सन् २०१९- बोइङ-७३७ को उडान बन्द

दुर्घटनाको दर बढ्दै गएपछि सन् २०१९ मा आजकै दिन अमेरिकाले सबै बोइङ-७३७ म्याक्स विमानको उडान बन्द गरेको थियो। २९ अक्टोबर २०१८ मा लायन एयरको उडान नम्बर ६१० दुर्घटनामा १८९ जनाको ज्यान गएको थियो। र, १० मार्च २०१९ मा इथोपियन एयरलाइन्सको उडान नम्बर ३०२ दुर्घटनामा १५७ जनाले ज्यान गुमाएका थिए। त्यसलगत्तै उक्त मोडलको विमानको उडानमा विश्‍वव्यापी प्रतिबन्ध लगाइएको थियो। डिसेम्बर २०२० सम्म उक्त प्रतिबन्ध कायम रह्यो।

– सन् २०२४- टिकटकमाथि अमेरिकी संसदको कडाइ

सन् २०२४ मा आजकै दिन अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाले चिनियाँ सामाजिक सञ्‍जाल टिकटकमाथि कडा निर्देशन जारी गरेको थियो। संसदले टिकटकको सञ्‍चालक कम्पनी बाइटडान्सलाई या त टिकटक बिक्री गर्न या प्रतिबन्ध सामना गर्न चेतावनी दिएको थियो। अमेरिकी सांसदहरूले उक्त चेतावनीका पक्षमा मतदान गरेका थिए।

शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.