• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : ह्वेलको समलैंगिक जोडी फेला


    Avatar photo
शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित

काठमाडौं- आज २७ फेब्रुअरी। विश्‍व इतिहासका अनगिन्ति घटनाले स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९३२- न्युट्रोनको आविष्‍कार

बेलायती भौतिक शास्त्री जेम्स चाडविकले आजकै दिन न्युट्रोनको आविष्‍कार गरेका थिए। सोही योगदानका कारण उनलाई पछि नोबेल पुरस्कारबाट सम्मान गरिएको थियो।

– सन् १९३३- जर्मनीको संसदमा आगजनी

सन् १९३३ मा आजकै दिन जर्मनीको संसद भवनमा आगजनी भएको थियो। नाजीहरूले विरोधीहरू माथि आफ्नो दमनलाई जायज ठहर्‍याउने निहित राजनीतिक उद्देश्यले उक्त आगजनी गराइएको अनुसन्धानमा खुलेको थियो। जर्मनीमा क्रुर नाजी शासन स्थापित गराउन उक्त घटनाले मद्दत पुर्‍याएको मानिन्छ।

– सन् २००२- गुजरातमा हिन्दू धर्मावलम्बी चढेको रेलमा आगजनी

भारतको गुजरातमा आजकै दिन हिन्दू धर्मावलम्बीहरू सवार रेलमा मुस्लिम अतिवादीहरूले आगजनी गरेका थिए। सावरमती एक्सप्रेसमा अयोध्याबाट फर्किरहेका उनीहरू मुस्लिम अतिवादीहरूको आक्रमणमा परेका थिए। गुजरातको गोद्रा स्टेसन नजिक उक्त घटना भएको थियो। त्यसपछि गुजरातमा धार्मिक दंगा भड्किएको थियो। मारिने ५९ जनामध्ये अधिकांश महिला र बालबालिका थिए।

– सन् २०१०- चिलीमा विनाशकारी भूकम्प

दक्षिण अमेरिकी मुलुक चिलीमा आजकै दिन ८.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। ठूलो भूकम्प भइकन पनि कम हताहती भएको मानिन्छ। र, ५२५ जनाले त्यसमा परी ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए। विश्‍वकै ठूलोमध्येको एक भूकम्प हो त्यो।

– सन् २०१९- संसारकै सानो शिशुको जन्म

जापानको राजधानी टोकियोस्थित अस्पतालमा आजकै दिन संसारकै सानो शिशुको जन्म भएको थियो। ती शिशुको तौल जन्मिँदा २६८ ग्राम मात्र थियो। अस्पतालले उनलाई आजकै दिन घर लैजान उनका माता-पितालाई अनुमति दिएको थियो।

– सन् २०१९- ट्रम्प-किम शिखर वार्ता

सन् २०१९ मा आजकै दिन तत्कालीन अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ-उनबीच शिखर वार्ता भएको थियो। शिखर वार्ताका लागि दुवै नेता भियतनामको राजधानी हनोई पुगेका थिए।

– सन् २०२२- युक्रेनमाथि आक्रमणको विरोधमा रुसमाथि एकपछि अर्को प्रतिबन्ध

युक्रेनमाथि अत्याचारपूर्ण आक्रमण गरेको रुसमाथि आजकै दिन विभिन्‍न मुलुकले एकपछि अर्को प्रतिबन्ध घोषणा गरेका थिए। युरोपियन युनियनले रुसी जहाजलाई आफ्ना सदस्य मुलुकहरूको हवाई क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो। रुसी बैंकहरू संसारभरको स्विफ्ट सिस्टमबाट विच्छेद भएका थिए। र, स्विडेनले युक्रेनको सहायताका लागि हतियार पठाएको थियो।

युक्रेनमाथि रुसको आक्रमणका कारण युरोपमा गम्भीर मानवीय संकट उत्पन्‍न भएको घोषणा ईयूले गरेको थियो। युक्रेनका १ करोड ८० लाख मानिसले देश छाडेका थिए। र, तीमध्ये ४० लाख शरणार्थी बनेका थिए। युक्रेनमाथि रुसको आक्रमण अद्यापि जारी छ।

– सन् २०२४- ह्वेलको समलैंगिक जोडी फेला

सन् २०२४ मा वैज्ञानिकहरूले ह्वेल माछाको समलिंगी जोडी फेला परेको बताएका थिए। हम्पब्याक ह्वेलहरू बीचको उक्त मैथुनबारेको रिपोर्ट ‘मरिन म्यामल साइन्स’ नामक जर्नलमा प्रकाशित भएको थियो।

शुक्रबार, फागुन १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.