Advertisement
काठमाडौँ । बुटवल उपमहानगरमा नेकपा एमालेका उम्मेदवार करिब १७ सय मतान्तरले पछि परेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डेयले अग्रता बढाउँदै जाँदा एमालेका उम्मेदवार पछि परेका हुन् ।
अहिलेसम्म पाण्डेयले चार हजार ९६९ मत ल्याउँदा एमाले उम्मेदवार बाबुराम भट्टराईले तीन हजार २२९ मत ल्याएका छन् ।
उपमेयरमा एमालेकी सावित्रादेवी अर्याल अगाडि रहेकी छन् । उनले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई पछि पारेकी हुन् ।
अर्यालले तीन हजार ७२८ मत ल्याउँदा गुरूङले दुई हजार ९४१ मत ल्याएका छन् ।