काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार उनले मत गणनादेखि अहिलेसम्म अग्रता कायम राखेको हो ।
Advertisement
कूल १४ हजार मत गणना हुँदा बालेनले ६ हजार २०७ मत पाएका छन् । यो मत नेकपा एमालेका उम्मेदवार केशव स्थापित र सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहको मतभन्दा बढी हो ।
दोस्रो स्थानमा एमालेका उम्मेदवार स्थापितले तीन हजार २४३ मत ल्याएका छन् भने तेस्रो स्थानमा सिंहले दुई हजार ८८५ मत ल्याएकी छिन् । मत गणना जारी छ ।