बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकामा नेकपा माअोवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकामा माओवादी केन्द्रका उमेदवार धन बहादुर वि.क.को प्यानल नै विजयी भएका छन् ।
Advertisement
वि.क.ले दुई हजार २८५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त पालिकामा माओवादी केन्द्रकै प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि बागी उम्मेदवारी दिएका हुन् । उनले २०९० मत पाएका छन् ।